शनिबार, असोज ५ गते २०८१    
images
images

बतासलाई तनहुँको मानहुँकोटमा केवलकार र जिपलाइन बनाउन नदिन सर्वोच्चको अल्पकालिन आदेश

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
images
images
बतासलाई तनहुँको मानहुँकोटमा केवलकार र जिपलाइन बनाउन नदिन सर्वोच्चको अल्पकालिन आदेश

तनहुँको मानहुँकोटमा बतास समूहलाई सर्वोच्च अदालतले केवलकार र जिपलाइनसहितका संरचना निर्माणका लागि भाडामा नदिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

images
images

काठमाडौं-तनहुँको मानहुँकोटमा बतास समूहलाई सर्वोच्च अदालतले केवलकार र जिपलाइनसहितका संरचना निर्माणका लागि भाडामा नदिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

images
images
images

तनहुँको व्यास नगरपालिका ५ र म्याग्दे गाउँपालिका १ मा पर्ने मानहुँकोट डाँडामा केबलकार, जीपलाइनसहितका संरचना निर्माणका लागि भाडामा दिने व्यास नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेशमार्फत रोक लगाएको हो।

व्यास नगर कार्यपालिकाले मानहुँकोट भाडामा दिने भनी गरेको निर्णय कार्यान्वयन रोक्न आदेशको माग गर्दै अधिवक्ता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमाथि सुनुवाइ गर्दै सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले व्यास नगरपालिकाले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

images

 


प्रकाशित : मंगलबार, माघ ४ २०७८०२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend