मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

images
शुक्रबार, कात्तिक १६ २०८१
images
images
चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले चालु आर्थिक वर्ष नेपालको आर्थिक बृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

images
images

चालु आर्थिक वर्ष बजेटमार्फत ६ आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखिएको भएपनि आईएमएफले 'रिजनल आउट लुक अफ एसिया प्यासिफिक' प्रकाशन गर्दै नेपालले लक्ष्यभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो।

images
images

यसअघि एसियाली विकास बैंक (एडीबी) ले पनि नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। 

images
images
images

मागमा देखिन थालेको सुधार, मौद्रिक लचकताले कर्जामा  वृद्धि, सरकारी राजस्वमा देखिएको वृद्धि लगायतका कारणले नेपालले उक्त आर्थिक वृद्धिदर हासिल गर्न सक्ने अनुमान आईएमएफले गरेको छ। 

यस आर्थिक वर्ष एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ।

यस आर्थिक वर्ष भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत र चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण आईएमएफले गरेको छ। यस्तै बंगलादेशको आर्थिक वृद्धिदर यस आर्थिक ४.५ प्रतिशत हुने अनुमान गरिएको छ।

सन् २०२५ मा जापानको आर्थिक वृद्धिदर बढ्ने अनुमान आईएमएफले गरेको छ। सन् २०२४ मा जपानको आर्थिक वृद्धिदर ०.३ प्रतिशत रहेकोमा सन् २०२५ मा १.१ प्रतिशत हुने आईएमएफले जनाएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १६ २०८१०८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend