शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

इलेक्ट्रिक रिक्सा बढेसँगै ठेला मजदूरले पाएनन् काम

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १५ २०८१
images
images
इलेक्ट्रिक रिक्सा बढेसँगै ठेला मजदूरले पाएनन् काम

केही वर्षअगाडि मात्रै टीकापुरमा एकसयभन्दा बढी ठेला मजदूर थिए। हाल अधिकांश विस्थापित भइसकेका छन्। ठेलाको विकल्प नभएका केहीले मात्र निरन्तरता दिएका छन्।

images
images

कैलाली- टीकापुर नगरपालिका-४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो छन्। २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा) चलाएर जीविका गर्दै आएका उनी अहिले काम नपाएर फुर्सदिलो भएका हुन्। ठेला चलाएरै टीकापुरमा घर बनाएका उनमा पछिल्लो समय दिक्दारी देखिन्छ।  

images
images
images

कुनै बेला भ्याइनभ्याइ काम पाउने उनी हिजोआज काम नपाउँदा रित्तो हात घर फर्कने गर्छन्। विगतमा उनी दैनिक १५ सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म कमाइ गर्थे।

images

'हाम्रो व्यापार इलेक्ट्रिक रिक्साले ओझेलमा पारिदिएको छ', उनले भने, 'कुनै विकल्प नभएपछि बाध्यतामा मात्रै हामीलाई बोलाइन्छ।'

images

काम नपाएकै कारण ठेला चलाएर गुजारा गर्न गाह्रो भएको मजदूरहरुको भनाइ छ। चाडपर्वमा झन समस्या हुने गरेको टीकापुर नगरपालिका-१ शक्तिनगर शिविरका रतीराम चौधरी बताउँछन्।

'दिनभर बजारको चोक चौराहमा बस्यो, साँझ परेपछि रित्तै घर फर्कियो', उनले भने, 'खाली हात घर पुग्दा छोराछोरीले के ल्याउनुभयो भनेर खोज्न थाल्दा मन थाम्न गाह्रो हुन्छ।' 

ठेलाले काम नपाएपछि घरमै बस्नुभन्दा दैनिक ज्यालादारीको काम चहार्दै हिँड्नुपरेको चौधरी बताउँछन्। एकातिर बजार दिनप्रतिदिन खस्कँदो छ। अर्कोतिर यात्रु बोक्ने रिक्साले सामान ओसारपसार गर्न थालेपछि ठेला मजदूर मर्कामा परेका हुन्।

उसो त केही वर्षअगाडि मात्रै टीकापुरमा एकसयभन्दा बढी ठेला मजदूर थिए। हाल अधिकांश विस्थापित भइसकेका छन्। ठेलाको विकल्प नभएका केहीले मात्र निरन्तरता दिएका छन्। 

'खेतीपाती गर्न जग्गाजमिन छैन, अन्य काम गरौँ सीप छैन, मजदूरी गर्नलाई नियमित काम पाइँदैन', अर्का मजदूर सीताराम चौधरी भन्छन्, 'खर्च दिनप्रतिदिन बढ्दो छ, आयस्रोत बढ्नुको साटो घट्दै जाँदा के खाने, ले लगाउने, केले छोराछोरीलाई पढाउने?'

जोशीपुरका राधेश्याम चौधरी ठेला चलाएर पहिले मासिक ५० हजार रुपैयाँसम्म कमाउँथे। दैनिक पाँच हजार रुपैयाँसम्म कमाएको अनुभव उनको छ। १८ वर्षदेखि ठेला चलाएर जीविका चलाउँदै आएका उनी विद्युतीय रिक्साका कारण पेशाबाट विस्थापित हुने अवस्थामा छन्। 
 
स्थानीय सरकारले मापदण्ड बनाएर सबैलाई बाँच्ने वातावरण बनाउनुपर्ने ठेला मजदूरको माग छ। जुन प्रयोजनका लागि सवारीसाधनको खरिद भएको हो त्यसैअनुसार प्रयोग हुनुपर्ने उनीहरुको माग छ।

'हामीसँग भएको सीप त्यही हो, आज त्यो सीप काम नलाग्ने अवस्थामा छ, इलेक्ट्रिक रिक्सा किन्ने सामथ्र्य छैन', ठेला मजदूर पर्देशी चौधरीले भने। रासस


प्रकाशित : बिहीबार , कात्तिक १५ २०८१११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend