मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

के गर्लान् मुख्यसचिव बैकुण्ठ अर्यालले?

images
बुधबार, कात्तिक १४ २०८१
images
images
के गर्लान् मुख्यसचिव बैकुण्ठ अर्यालले?

विशेष अवस्थामा व्यवस्थापनका लागि सिर्जना गएको ठाउँमा स्वत: पदस्थापन भएपनि दुईवटा मुख्यसचिव हुन व्यवाहरिक भने छैन।

images
images

काठमाडौं- भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै गएको असार ९ गते स्वत: निलम्बनमा परेका बैकुण्ठ अर्यालले सो अभियोगमा विशेष अदालतबाट सफाइ पाएका छन्।

images
images

अदालतबाट सफाइ पाएसँगै अर्यालमाथिको निलम्बन फुकुवा भएको छ। 

images
images

अर्याल निलम्बनमा परेपछि सरकारले योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको थियो। त्यसपछि सरकारले लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाएर उनी अवकाशमा गएर अहिले एकनारायण अर्याल मुख्यसचिव बनिसकेका छन्। 

images
images
images

अर्यालको निलम्बन फुकुवा भएसँगै उनी पनि मुख्यचसिवकै पदमा निलम्बन भएको तर योजना आयोगमा रहेको पदमा हुनेछन्। विशेष अवस्थामा व्यवस्थापनका लागि सिर्जना गएको ठाउँमा स्वत: पदस्थापन भएपनि दुईवटा मुख्यसचिव हुन व्यवाहरिक भने छैन। 

विशेषबाट सफाइ पाएपछि अर्यालले के गर्छन् भन्ने प्रश्न रहेको छ। कानूत: अर्यालको पदावधि अझै २०८३ को जेठसम्म रहेको छ। पदावधि बाँकी भएपनि सफाइ पाएसँगै अर्याल फेरि मुख्यसचिवकै रुपमा टाँसिएर बस्ने पक्षमा भने छैनन्। 

अर्यालले यस बारेमा कुनै प्रतिक्रिया दिएका त छैनन् तर उनी निकटहरूका अनुसार हाजिर गरेर राजिनामा दिने मनस्थितिमा उनी रहेका छन्। आफू निकटका व्यक्तिहरूसँग अर्यालले सफाइ पाएसँगै अब औपचारिक रुपमा हाजिर हुने र राजिनामा दिएर अलग हुने पक्षमा रहेको बताएका छन्। 


प्रकाशित : बुधबार, कात्तिक १४ २०८१२१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend