मंगलबार, मंसिर १८ गते २०८१    
images
images

साल्ट ट्रेडिङले कोटाअनुसार चिनी भित्र्याउन नसक्दा उपभोक्ता ठगिन बाध्य

वीरगञ्ज नाकाबाट १ सय ८५ मेट्रिकटन चिनी भित्रियो, २ सय ३५ मेट्रिकटन ल्याइँदै

images
बिहीबार , कात्तिक १५ २०८१
images
images
साल्ट ट्रेडिङले कोटाअनुसार चिनी भित्र्याउन नसक्दा उपभोक्ता ठगिन बाध्य

साल्ट ट्रेडिङले ल्याएको चिनीबाट नपुग्ने भएपछि यस क्षेत्रका व्यापारी तथा पसलेले चोर नाकाबाट पनि ठूलो परिमाणमा चिनी भित्र्याउने गरेका छन्।

images
images

वीरगञ्ज- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चाडपर्वको मुखमा पनि कोटाअनुसारको चिनी भित्र्याउन नसक्दा आम उपभोक्ता ठगिन बाध्य भएका छन्। 

images
images
images

निर्धारित कोटाअनुसारको चिनी समयमा खरिद गर्न सरकारले तदारुकता नदेखाउँदा तिहारको मुखमा एकसय ८५ मेट्रिकटन चिनी मात्र भित्रिन सकेको छ।

images

अहिलेलाई ४ सय २० मेट्रिकटन चिनीमात्र भित्र्याउन लागिएको हो। भित्र्याउन लागिएको चिनीमध्ये २ सय ३५ मेट्रिकटन चिनी आउने क्रममा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन मधेस प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकृत सञ्जय गुप्ताले जानकारी दिए।

images

गतवर्षकै सरकारी कोटाअन्तर्गत भारतबाट ५ हजार ४ सय ५० टन चिनी यसपाली पनि आउने उनले बताए। तर चिनी खरिद प्रक्रिया ढिला भएकै कारण समयमा कोटाअनुसारको चिनी ल्याउन नसकिएको उनले बताए।

भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्टअन्तर्गत सबै चिनी भारतको उत्तर प्रदेश राज्यको गोविन्द सुगर मिल्स लखिमपुर छेहरीबाट खरिद गरी नेपाल ल्याउने काम भइरहेको उनले जानकारी दिए।

‘उद्योगबाट ट्रकमा लोड गरी सोझै वीरगञ्ज नाका हुँदै चिनी भित्रिरहेको छ,’ उनले भने, ‘एक ट्रकमा ३० देखि ४० टनसम्म चिनी लोड हुने गर्छ।’ दसैँअघि पहिलो लटको चिनी भित्रिसकेको र दसैँ सकिएलगत्तै तिहार र छठको लागि क्रमशः चिनी भित्रिने क्रम जारी रहेको उनले जानकारी दिए। 

हाल पनि उद्योगबाट ट्रकमा चिनी लोड भइ केही ट्रक भारतको राजमार्गमै रहेको उनले जानकारी दिए।उनका अनुसार छठ पर्वअघि नै सबै चिनी भित्र्याइसक्ने लक्ष्य रहेको छ। छठ पर्वअघि उपभोक्ताले साल्टको चिनी पाउन भन्ने लक्ष्यका साथ काम भइरहेको छ। नियमितरुपमा चिनी भित्रिन थालेको र छठअघि नै कन्साइन्मेन्टअन्तर्गत सबै चिनी भित्रिसक्ने छ।

दसैँको तुलनामा तिहार र छठ पर्वमा चिनीको माग बढी हुने गरेको सूचना अधिकृत गुप्ताले जानकारी दिए। 

संघीय सरकारले साल्ट र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गतवर्ष नै चिनीको कोटा दिएकोमा साल्टले गत वर्षकै कोटाबाट हाल चिनी आयात गरिरहेको उनले बताए। 

तिहार र छठ मनाउन विभिन्न किसिमका पकवान, मिठाईलगायतका परिकार बनाउन चिनी अनिवार्य चाहिन्छ। साल्टले ल्याएको चिनीबाट नपुग्ने भएपछि यस क्षेत्रका व्यापारी तथा पसलेले चोर नाकाबाट पनि ठूलो परिमाणमा चिनी भित्र्याउने गरेका छन्।

चाडपर्वलाई लक्षित गरी सीमावर्ती नाकाबाट स्थानीय सुरक्षाकर्मीसँग मिलोमतो गरी व्यापारीले भन्सार छली गरेर चिनी भित्र्याइरहेको स्थानीय बताउँछन्। सरकारले समयमा चिनी आपूर्ति गर्न नसक्दा आम उपभोक्ता ८० रूपैयाँ पर्ने चिनीलाई ९० देखि एकसय ८० रूपैयाँ प्रतिकिलोमा खरिद गर्न बाध्य भएका छन्।

सरकारले आम उपभोक्तामाझ समयमै चिनी आपूर्ति गर्न कम्तीमा ६ महिनाअगाडि खरिद प्रक्रिया अघि बढाउनुपर्ने जानकारहरुको भनाइ छ। 


प्रकाशित : बिहीबार , कात्तिक १५ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend