बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

आकर्षक लाभांशले साेल्टी होटल र स्टान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यमा उभार

बिहीबार , कात्तिक १५ २०८१
आकर्षक लाभांशले  साेल्टी होटल र स्टान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यमा उभार

यसअनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले होटलको साधारणसभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

काठमाडौ- नेप्सेमा सूचीकृत धेरै कम्पनीहरूले यतिबेला धमाधम सेयरधनीका लागि लाभांश घाेषणा गरिरहेका छन्। जसमध्ये सबैभन्दा आकर्षक लाभांश घोषणा स्टान्डर्ड चार्टर्ड बैंक र साेल्टी हाेटलले गरेका छन्। 

ठूला कम्पनीमध्ये सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको प्रयोजनार्थसहित २६‍‍.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। होटलको दोस्राे बजारमा  ५ सय ६३ रुपैयाँ ५० पैसामा कारोबार भएको छ। हाेटलकाे सेयर बुधबारमात्रै प्रतिकित्ता २७ रुपैयाँ ५० पैसा बढेको छ। लाभांश घोषणाले लगानीकर्ताहरु खरिदमा झुम्मिएका छन्। जसका कारण ५ प्रतिशतभन्दा बढी मूल्य बढेको हाे। 

यसअनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले होटलको साधारणसभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यता स्टान्डर्ड चार्टर्ड बैंकले पनि सेयरधनीलाई २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले यो वर्ष ६.५० प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकको सेयर बुधबार दोस्रो बजारमा प्रतिकित्ता ७ सय ३८ रूपैयाँ ५० पैसामा  कारोबार भएको थियो। बैंकको साधारणसभाले लाभांश प्रस्ताव पास गरेपछि सेयरधनीले पाउने छन्। बैंकको बुधबार मात्रै ३९ रुपैयाँ ५० पैसाले प्रतिकित्ता सेयर मूल्य बढेको हो। 


प्रकाशित : बिहीबार , कात्तिक १५ २०८१०७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend