बुधबार, चैत १३ गते २०८१    
बुधबार, चैत १३ २०८१
images
images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोडभन्दा बढी सहयोग

images
बुधबार, कात्तिक १४ २०८१
images
images
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोडभन्दा बढी सहयोग

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरेकी थिइन्।

images
images

काठमाडौं- नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोडभन्दा बढी रकम जम्मा गरेको छ।

images
images

पछिल्लो अविरल वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानलगायत प्राकृतिक विपत्तिका पीडितहरुका लागि राहतस्वरुप टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ७० हजार दुईसय १४ रूपैयाँ रकम जम्मा गरेको जनाएको छ।

images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरेकी थिइन्।

images
images

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरु समेतको उपस्थितिमा जानकारी पत्र हस्तान्तरण गरिएको हो।

२०८१ भदौ १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारणले देशभर अर्बौँको क्षति भएको थियो भने सयौँले ज्यान गुमाएका थिए। बाढीपहिरो तथा डुबानका कारण हजारौँ परिवार विस्थापित भएका थिए भने बालीनालीमा समेत ठूलो क्षति पुगेको थियो।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशनसमेत दिएको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए।


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend