मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

रसुवागढी-केरुङ राजमार्गबाट आयात सुरु

images
बुधबार, कात्तिक १४ २०८१
images
images
रसुवागढी-केरुङ राजमार्गबाट आयात सुरु

हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो।

images
images

रसुवा- रसुवागढी-केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ। हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो। 

images
images
images

मंगलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ। केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा  नेपाली कन्टेनर चीनतर्फ गएका छन्।

images
images

राजमार्ग बन्द भइ आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ। भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले दुई अर्ब ५० करोड रूपैयाँ राजस्वमा ह्रास आएको जानकारी दिए। रासस

images
images
images


प्रकाशित : बुधबार, कात्तिक १४ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend