शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हिमालयन बैंकसँग मर्ज भाँडिएपछि इन्भेष्टमेन्ट बैंक अर्को जोडी खोज्दै, सम्भावित तीन बैंकसँग मर्जको प्रस्ताव

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
images
हिमालयन बैंकसँग मर्ज भाँडिएपछि इन्भेष्टमेन्ट बैंक अर्को जोडी खोज्दै, सम्भावित तीन बैंकसँग मर्जको प्रस्ताव

दश महिनाअगाडि मर्जरमा जाने प्रारम्भिक सम्भौता गरे पनि हिमालयन बैंकको पुस ३० गतेको साधारणसभाबाट मर्जर भाँडिएको थियो।

images
images

काठमाडौं- मर्ज भाँडिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जको लागि जोडी खोज्न थालेको छ। इन्भेष्टमेन्ट बैंकले कुमारी, सिटिजन र मेगालाई अनौपचारिक प्रस्ताव गरेको छ। हिमालयन बैंकसँग मर्जर भाँडिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले तीनवटै बैंकलाई प्रारम्भिक स्वाप रेसियो समेत दिएको छ। 

images
images
images

प्रारम्भिक छलफलपछि तीनवटै बैंकहरुले इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जान चासो समेत देखाएका छन्। नेपाल इन्भेष्टमेन्ट बैंकले स्वाप रेसियो मिल्ने गरी प्रस्ताव गरेको छ। सिटिजन बैंकको सोमबार दोस्रो बजारमा प्रतिकित्ता ३१० रुपैयाँमा कारोबार भएको थियो। मेगा बैंकको पनि ३०७ रुपैयाँ प्रतिकित्ता कारोबार भएको थियो। कुमारी बैंकको प्रतिकित्ता २८१ रुपैयाँमा कारोबार भएको थियो। 

images
images

दश महिनादेखि कारोबार रोक्का भएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुल्न सकेको छैन। मर्जमा नगएसम्म राष्ट्र बैंकले कारबाही गर्ने भएकोले दुवै बैंकहरु मर्जका लागि विभिन्न छलफलमा जुटेका छन्। दश महिनाअगाडि मर्जरमा जाने प्रारम्भिक सम्भौता गरे पनि हिमालयन बैंकको पुस ३० गतेको साधारणसभाबाट मर्जर भाँडिएको थियो। 

images
images

भाँडिएसँगै दुवै बैंकका लाखौँ सेयरधनी कारोबार खुल्ने समयको पखाईमा छन्। तर तत्कालै कारोबार खुल्ने सम्भावना कम छ। दुई बैंकले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकलाई पत्र लेखेर मर्ज भाँडिएको जनाउ दिनुपर्ने हुन्छ। भाँडिएको जानकारी दिएपछि राष्ट्र बैंकले स्वीकृत दिएको व्यहोरा नेप्सेलाई पठाएपछि बल्ल कारोबार खुल्ने छ। 

कारोबार रोकिँदा दोस्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक मूल्य प्रति कित्ता ४६० थियो भने हिमालयन बैंक ४८४ रुपैयाँ थियो। हिमालयन बैंकले पनि अन्य बैंकहरु मर्जको लागि जोडी खोज्न थालेको छ। 


प्रकाशित : मंगलबार, माघ ४ २०७८०१:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend