बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सोल्टी होटलले सेयरधनीलाई २६‍.८४२१ प्रतिशत लाभांश दिने

बुधबार, कात्तिक १४ २०८१
सोल्टी होटलले सेयरधनीलाई २६‍.८४२१ प्रतिशत लाभांश दिने

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

काठमाडौ- सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणासहित साधारणसभा बोलाएको छ।

होटलले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित २६‍.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

यसअनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले होटलको साधारणसभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 


प्रकाशित : बुधबार, कात्तिक १४ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend