शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लघु तथा मझौला उद्यम विकास गर्न कर्मभूमि समाज र सीबीफिनबीच समझदारी

images
सोमबार, माघ ३ २०७८
images
लघु तथा मझौला उद्यम विकास गर्न कर्मभूमि समाज र सीबीफिनबीच समझदारी

सोमबार समझदारीपत्रमा कर्मभूमि समाजकोतर्फबाट अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी र सीबीफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका हुन्।

images
images

काठमाडौं- देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफिन)बीच समझदारी भइको छ।  

images
images
images

सोमबार समझदारीपत्रमा कर्मभूमि समाजकोतर्फबाट अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी र सीबीफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका हुन्। समझदारी अनुसार बेरोजगार युवा तथा महिला, आर्थिक जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, वैदेशिक रोजगारबाट फर्केका नेपाली तथा उद्यमशील बन्न चाहाने र सम्भावना बोकेका क्षेत्रमा नयाँ उद्यम स्थापना गर्न चाहाने सबैलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। 

images
images

कर्मभूमि समाजले उद्यमशील बन्न आकांक्षीहरूलाई व्यवसाय दर्ता, सम्भाव्य परियोजना सम्बन्धी सोच प्रदान गर्दै त्यस्ता परियोजनालाई बैंक तथा वित्तीय संस्था मार्फत सहुलियत ऋणका लागि प्रस्ताव तयार गर्न सहयोग गर्ने र सीबीफिनले त्यस्ता योग्य प्रस्तावलाई सहज वित्तीय पहुँचका लागि पहल गर्ने समझदारी भएको छ। 

images
images

साथै, स्थानीयस्तरबाट छनौट हुने यस्ता परियोजना कर्मभूमि समाज र सीबीफिनले स्थानीय गाउँपालिका वा नगरपालिकाहरु समेतको सहकार्य/समन्वयमा कार्यान्वयन गराउने समझदारीपत्रमा उल्लेख छ। 

कर्मभूमि समाजले स्थानीय तहमा सञ्चालन गरिने उद्यमी प्रशिक्षण तथा सीप विकास तालिमको प्रभावकारिताका लागि प्रशिक्षकको प्रशिक्षण सञ्चालन गर्ने र सम्बन्धित उद्यम, व्यवसायका उत्पादनको बजारीकरणका लागि स्थानीय साझेदारसँग सहकार्य तथा मूल्य श्रृंखला विकासका लागि काम गर्ने भएको छ। 

गत वर्षदेखि उद्यमशीलता तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको कर्मभूमि समाजले ३७ जिल्लाबाट १ हजार ४६ प्रस्ताव प्राप्त गरेकोमा ११६ परियोजना बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत भई सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेका छन् भने छिट्टै उद्यमशीलता विकास अभियानलाई सबै जिल्लामा विस्तार गर्ने योजना रहेको अध्यक्ष विनोद चौधरीले बताए। 

सीबीफिनले लघु, साना तथा मझौला उद्यममा लगानीसम्बन्धी मेलामार्फत् बैंक तथा वित्तीय संस्था र सम्भाव्य उद्यम सञ्चालन गर्न चाहानेहरूलाई एउटै प्लेटफर्ममा ल्याएर दुई पक्षबीच अन्तरक्रिया गराउने तथा यस्ता परियोजनामा लगानीका लागि बैंक तथा वित्तीय संस्थामा फोकल पर्सन (सम्पर्क व्यक्ति) तोक्न लगाउने, वित्तीय साक्षरता तथा नो योर बिजनेस कार्यक्रमहरू सञ्चालनमा सहकार्य गर्ने र कर्मभूमि समाज समेतको परामर्शमा यस्ता उद्यममा सहजै वित्तीयकरणका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, लगायत नियामक निकायलाई रचनात्मक सुझाव पेश गर्ने उल्लेख छ।
 
दुवै संस्थाले यो समझदारीको कार्यान्वयनबाट लघु, साना तथा मझौला उद्यम विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेका छन्। 

समझदारीपछि सीबीफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले देशभर युवा तथा महिला उद्यमीहरुको उत्पादन गरी उत्पादनमूलक, रोजगारमूलक एवं आयात प्रतिस्थापन गर्ने उद्यम तथा व्यवसायहरुको विकास एवं विस्तारमा यो परियोजना राष्ट्रिय महत्वको परियोजना भएको बताउँदै दीगो बैंकिङ विकास, उन्नत अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माणको आधारशिला समेत निर्माण गर्ने बताए। 

यस परियोजनाको सार्थक कार्यान्वयनमा सम्बन्धित मन्त्रालयहरु, नेपाल राष्ट्र बैंक, प्रदेश सरकार र स्थानीय सरकारको समेत सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै सीबीफिन र कर्मभूमि समाजको पहलले उद्यमशीलता विकास तथा विस्तारमा ठोस टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। 


प्रकाशित : सोमबार, माघ ३ २०७८१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend