शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

एनसेल फाउन्डेसनद्वारा बाढीपीडित बालबालिकालाई शैक्षिक सामग्री र विभिन्न प्रभावित ठाउँमा राहत वितरण

images
मंगलबार, कात्तिक १३ २०८१
images
images
एनसेल फाउन्डेसनद्वारा बाढीपीडित बालबालिकालाई शैक्षिक सामग्री र विभिन्न प्रभावित ठाउँमा राहत वितरण

सीएसआरअन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ। यसैअनुरुप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई राहत वितरण गरेको छ।

images
images

काठमाडौं- एनसेल फाउन्डेसनले बागमती नदी, बल्खु आसपासका बाढी तथा डुबान प्रभावित पाँचसय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलले यो सहयोग प्रदान गरेको हो।

images
images
images

गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो। यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरुले आफ्नो किताब, कापीलगायत आफ्ना शैक्षिक सामग्री गुमाएका थिए।

images

सीएसआरअन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ। यसैअनुरुप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई राहत वितरण गरेको छ।

images

फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ। यसैगरी पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन्। बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्ड्सनले हालै मात्र राहत वितरण गरेको छ।

यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका वडा ४, ७, ८, १० र १३ का करिब दुईसय परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो। यसरी फाउन्डेसनले हालसम्म ५ सय ३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको जनाएको छ। 

'विगतमा पनि बाढीपहिरो, भुइँचालो, कोभिडजस्ता विपद्‌मा प्रतिकार्यस्वरुप हामीले यथासक्य सहयोग र साथ दिएका छौँ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एण्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्, 'यस्तो संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो र हामी आफ्नो कर्तव्य पालना गर्न प्रतिबद्ध छौँ।' 

ncell1.jpeg

एनसेल फाउन्डेसनका यी पहलहरुले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ। वितरण गरिएका राहत सामग्रीमा खाद्यान्नका सामग्री, हाइजिन किट, ब्याल्ङ्केटलगायतका सामानहरु रहेका थिए।

फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीहरूसहित प्रभावित वडाहरुमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरुलाई राहत सामग्री वितरण गरेको हो।

एनसेलले सीएसआर परियोजनाहरु सञ्चालन गर्न आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको हो। कम्पनीले सीएसआरअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्यलगायतका क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ। कम्पनीले देशभर विभिन्न सामाजिक कार्यहरुमा २ अर्ब रूपैयाँभन्दा बढी योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्षरुपमा १ करोड ३० लाखभन्दा बढीलाई लाभ प्रदान गरिसकेको जनाएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend