शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

निक्षेप र कर्जाको डरलाग्दो अन्तर : ६ महिनामा सवा खर्ब निक्षेप बढ्दा ४ खर्ब २२ अर्ब ऋण प्रवाह

images
सोमबार, माघ ३ २०७८
images
निक्षेप र कर्जाको डरलाग्दो अन्तर : ६ महिनामा सवा खर्ब निक्षेप बढ्दा ४ खर्ब २२ अर्ब ऋण प्रवाह

साउनदेखि पुस मसान्तसम्म ६ महिनामा १ खर्ब २३ अर्ब निक्षेप संकलन हुदाँ ४ खर्ब २२ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ।

images
images

काठमाडौं- वाणिज्य बैंकहरुमा निक्षेप संकलनमा केही सुधार देखिन थालेको भएपनि यो साता पुन: घटेको छ। गत साता ५९ अर्ब निक्षेप संकलन भएपनि यो साता पुनः घटेर १७ अर्ब मात्रै भएको छ।

images
images
images

तर एक सातामा ऋण प्रवाह भने ३५ अर्ब भएको छ। साउनदेखि पुस मसान्तसम्म ६ महिनामा १ खर्ब २३ अर्ब निक्षेप संकलन हुदाँ ४ खर्ब २२ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ। नेपाल बैंकर्स संघले दिएको तथ्यांक अनुसार ५ महिनाभन्दा पुसमा मात्रै केही सहज भएको थियो। 

images
images

वाणिज्य बैंकहरूले पुस मसान्तसम्मा विदेशी र नेपाली रुपैयाँ गरेर कुल ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। भने कर्जा विस्तार ४१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। असारको अन्तिम दिन ४२ खर्ब १ अर्ब निक्षेप हुदाँ ऋण प्रवाह ३७ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो।

images
images
deposit.png
निक्षेप वृद्धिदर

पुसमा केही सुधार 

पुसको पहिलो साता २ अर्ब रुपैयाँ निक्षेप संकलन भएकामा दोस्रो साता ४ अर्बले घटेको थियो। तेस्रो सातामा १४ अर्ब, चौथो साता ५९ अर्ब र अन्तिम साता  १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

यस्तै पुस महिनामा वाणिज्य बैंकहरूले ५८ अर्ब कर्जा प्रवाह गरेका छन्। पुसको पहिलो साता २ अर्ब, दोस्रोमा ३ अर्ब, तेस्रोमा ११ अर्ब, चौथो साता ८ अर्ब र अन्तिम साता ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। पुस महिनामा विदेशी मुद्राको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ भने कर्जा प्रवाह ३२ अर्बले घटेको छ। 

नेपाल राष्ट्र बैंकले पुस १९ मा स्थानीय तहको संचिती कोषको रकम निक्षेपको रुपमा गणना गर्न सक्ने व्यवस्था बारे सर्कुलर जारी गरेको थियो। साथै आयातमा समेत कडाइ गरेपछि केही सहज भएको अनुमान गरिएको छ। 

lending.png


प्रकाशित : सोमबार, माघ ३ २०७८१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend