बुधबार, चैत १३ गते २०८१    
बुधबार, चैत १३ २०८१
images
images

बाँकेमा फस्टाउँदै व्यावसायिक फूलखेती

images
मंगलबार, कात्तिक १३ २०८१
images
images
बाँकेमा फस्टाउँदै व्यावसायिक फूलखेती

फूल व्यवसायमा लागेका किसानलाई स्थानीय तहले फूल व्यवसाय प्रवर्द्धनका लागि सहयोग नगरेको व्यवसायीको गुनासो छ।

images
images

बाँके- नेपालगञ्ज उपमहानगरपालिका-२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थालेको ६ वर्ष भयो। अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ।

images
images

जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या ६ जनाभन्दा बढी भएको छ। उनीहरु व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बनेका छन्। मौसमीबाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठीलगायतमा फूलको प्रयोग बढेपछि माग बढेको चर्तिमगर बताउँछिन्।

images
images

'फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो', उनले भनिन्, 'यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ।' 

images
images

विन्दुले पाँच वर्षअघि १० कट्ठाबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ। सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताइन्।

स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ। ल्याउँदा पनि फूल तथा मालामा अनिवार्य क्वारेन्टिन गरिनुपर्ने उनको माग छ।

खजुरा गाउँपालिका-३ निवासी अरुणा गुरुङले वार्षिक १० देखि १२ क्वीन्टलसम्म सयपत्री फूल उत्पादन गर्दै आएकी छिन्। सयपत्री फूलखेतीबाट वार्षिक पाँच लाख रूपैयाँभन्दा बढी मुनाफा लिने गरेको उनले बताइन्।

कोहलपुर नगरपालिका-३ निवासी विष्णु चौधरी र वडा नं १३ निवासी कर्णबहादुर थापाले पनि व्यावसायिक फूल खेती गरेकी छिन्। विष्णुले फूल खेतीबाट वार्षिक पाँच लाख रूपैयाँ आम्दानी लिने गरेको बताइन्। सुरुका वर्षमा रहरले फूलखेती गरे पनि हाल आम्दानीको मुख्य स्रोत बनेको उनको भनाइ छ।

सात कट्ठा जमिनमा गरेको फूलखेतीले चौधरीको आर्थिक स्तर उकासेको छ। उनले प्रतिकिलो पाँचसय रूपैयाँको दरले फूल र माला प्रतिगोटा एकसय २० रूपैयाँ मूल्य निर्धारण गरेकी छिन्।

जानकी गाउँपालिका-३ इन्द्रपुरको कर्मोनाह निवासी हसिम बागवानले पनि विगत तीन वर्षदेखि एक कठ्ठामा फूलखेती गरेर एक क्वीन्टल फूल उत्पादन गर्दै आएका छन्। अधिकांश फूलबारीबाटै बिक्री हुने गरेको उनको भनाइ छ।

फूल व्यवसायमा लागेका किसानलाई कोहलपुर नगरपालिकाले सिँचाइ र बीउविजनमा सहयोग गरे पनि अन्य स्थानीय तहले फूल व्यवसाय प्रवर्द्धनका लागि सहयोग नगरेको व्यवसायीको गुनासो छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend