बिहीबार , पुस ११ गते २०८१    
images
images

लगातार उचाइतर्फ देखियो सेयर बजार, लगानीकर्तामा विश्वास फर्किएको हो?

images
मंगलबार, कात्तिक १३ २०८१
images
images
लगातार उचाइतर्फ देखियो सेयर बजार, लगानीकर्तामा विश्वास फर्किएको हो?
images
images

काठमाडौं- लगातार तीन दिनको कारोबारमा ४७.८५ अंकले घटेपछि सोमबार वृद्धितर्फ लागेको सेयर बजारमा मंगलबार पनि हरियाली देखिएको छ। गएको साता समग्रमा ११८.२१ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि सामान्य ओरालोतिर नै लागेकोमा सोमबार र मंगलबार भने बढेको हो।

images
images
images

यो साता आइतबार ९.१९ अंकले घटेर सोमबार २७.४१ अंकले बढेको बजार मंगलबार ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा पुगेको छ। २२१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

गएको साता पहिलो कारोबारमा आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार पनि ५७.९९ अंकले घटेको थियो। त्यसअघि बजार लगातार चार कारोबारमा ८२.०२ अंकले बढेको थियो। गएको साता मंगलबार २५.८८ अंकले बढेको बजार बुधबार २०.४१ र बिहीबार १८.२५ अंकले घटेको थियो। 

images
images

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। तर बजारले त्यसअनुसार साथ पाएको छैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ। सोमबार र मंगलबार लगातार देखिएको सुधारले लगानीकर्ता केही उत्साहित देखिन्छन्। 

बजारप्रति लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend