शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सर्केगाडको झोलुंगे पुल जीर्ण हुँदा आवतजावतमा समस्या

images
मंगलबार, कात्तिक १३ २०८१
images
सर्केगाडको झोलुंगे पुल जीर्ण हुँदा आवतजावतमा समस्या
फाइल तस्बिर

झोलुंगे पुल मर्मतसम्भारमा समयमै ध्यान दिनुपर्ने र यसको विकल्पका रुपमा अर्को पुल निर्माण आवश्यक रहेको स्थानीयले बताएका छन्।

images
images

हुम्ला- यहाँको सर्केगाड गाउँपालिकास्थित सर्केगाड बजारसँगै जोडिएको कर्णाली नदीमाथिको झोलुंगे पुल जीर्ण हुँदा आवतजावतमा समस्या भएको छ।

images
images
images

विसं २०४० मा निर्माण भएको उक्त झोलुंगे पुल मर्मतका लागि कसैले चासो नदिँदा जोखिमपूर्ण अवस्थामा वारपार गर्नुपरेको साँया स्वास्थ्यचौकीका इन्चार्ज बबरजङ पालले बताए।

images
images

झोलुंगे पुलको दाँयातर्फको जाली र लठ्ठा अडाउने पोल नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको उनको भनाइ छ। पुलको बिच भागमा काठ राखिएको छ। काठ पनि कुहिन थालेको स्थानीयले बताएका छन्।

images
images

यस पुलबाट हाल तीनवटा विद्यालयका विद्यार्थी, इलाका प्रशासनका कर्मचारी, प्रहरी चौकी, इलाका वन कार्यालयका कर्मचारी र सर्वसाधारण दैनिक आवतजावत गर्ने गर्छन्।

झोलुंगे पुल मर्मतसम्भारमा समयमै ध्यान दिनुपर्ने र यसको विकल्पका रुपमा अर्को पुल निर्माण आवश्यक रहेको स्थानीयले बताएका छन्। यही पुल तरेर इलाका प्रशासन कार्यालयमा दक्षिणी भेगका चारवटा गाउँपालिकाका सेवाग्राही सेवा लिन आवतजावत गर्ने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend