बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

विश्व बैंकसँग २० अर्बको ऋण सम्झौता

images
मंगलबार, कात्तिक १३ २०८१
images
images
विश्व बैंकसँग २० अर्बको ऋण सम्झौता

ऋण सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन्।

images
images

काठमाडौं- नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्बको ऋण सम्झौतामा हस्ताक्षर भएको छ। 

images
images

यसअघि नै बाढी पहिरोको विपतसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर(२० अर्ब रुपैयाँ बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको हो। 

images
images

विपद प्रतिकार्यका लागि खर्च गर्नका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सहायता स्वीकृत यसअघि नै गरेको थियो। 

images
images

ऋण सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन्। 

केही समय पहिलेको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। यो क्षतिपछि स्वदेशकै निजी क्षेत्रबाट अनुदान सहायता मागिरहेको सरकारलाई दातृ निकायका तर्फबाट यो ऋण स्वीकृत भएको हो। 

यो ऋण रकमबाट सरकारले संस्थागत क्षमता विस्तार तथा विपत प्रतिकार्यमा खर्च गर्नसक्नेछ। सरकार आफैले योजना बनाएर खर्च गर्न मिल्ने यो सुविधा लचकदार मानिन्छ। 

 


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend