बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

३ विद्युतीय कार र ७ वटा बस किन्दै राष्ट्र बैंक

images
सोमबार, माघ ३ २०७८
images
images
३ विद्युतीय कार र ७ वटा बस किन्दै राष्ट्र बैंक

इलेक्ट्रिक ब्याट्री अप्रेटेड कारा (ईभी कार) ३ वटा खरिद गर्नका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले ३ वटा विद्युतीय कार, ६ वटा फन्ड ट्रान्सफर बस र एउटा एसी डिलक्स बस खरिद गर्ने भएको छ। बैंकले सोमबार एक सूचनामार्फत विद्युतीय कार तथा बस खरिदका लागि टेन्डर आह्वान गरेको हो।

images
images

इलेक्ट्रिक ब्याट्री अप्रेटेड कारा (ईभी कार) ३ वटा खरिद गर्नका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो। ३ वटा विद्युतीय कार खरिदका लागि बिड सेक्युरिटी रकम ४ लाख ६८ हजार रुपैयाँ रहेको छ। 

images
images

त्यस्तै राष्ट्र बैंकले पैसा बोक्नका लागि ६ वटा बस किन्न लागेको हो। यी बसका लागि १० लाख ८० हजार रुपैयाँ बिड सेक्युरिटी रकम राख्नु पर्ने बैंकले जनाएको छ। एसी डिलक्स बसका लागि भने १ लाख ६८ हजार रुपैयाँ बिड सेक्युरिटी रकम राख्नु पर्ने छ। 

images
images

यो टेन्डरमा सहभागी हुन चाहने कम्पनीले फागुन ४ गने मध्यान्न १२ बजेसम्म आवेदन दिइसक्नु पर्ने छ। 


प्रकाशित : सोमबार, माघ ३ २०७८१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend