शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, यात्रु ओरालेर जाँच

images
सोमबार, कात्तिक १२ २०८१
images
एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, यात्रु ओरालेर जाँच

एयर इण्डियाको एआई-२१६ विमानमा बमको हल्लापछि अहिले विमानको जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

images
images

काठमाडौं- पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन्। अज्ञात समूहबाट एकसाताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको छ। 

images
images
images

काठमाडौंबाट भारतको नयाँदिल्ली आज पनि उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराले जाँच भइरहेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको छ।

images
images

हालसम्म कुनै शंकास्पद वस्तु फेला परेको छैन। 'भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर, अहिलेसम्म त्यस्तो कुनै शंकास्पद वस्तु फेला परेको छैन', प्रवक्ता कार्कीले भने।

images
images

एयर इण्डियाको एआई-२१६ विमानमा बमको हल्लापछि अहिले विमानको जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उक्त विमानको जाँच प्रक्रिया चलिरहे पनि विमानस्थलको आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ।

दिउँसो २ बजे काठमाडौं विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरिरहेको छ। सो विमान काठमाडौंबाट एकयस ५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो।

यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्फोटक पदार्थ निष्कृय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो। 

भारतको नयाँदिल्लीबाट भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा जाँच गरिएको थियो। उक्त विमानमा पनि कुनै शंकास्पद वस्तु फेला परेको थिएन। रासस


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend