आइतबार, वैशाख १४ गते २०८२    
आइतबार, वैशाख १४ २०८२
images
images

सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस्, हामी विकल्प खोज्छौँ : अध्यक्ष कार्की

निजी क्षेत्रका मुद्दामा गम्भीर छौँ : ऊर्जामन्त्री खड्का

images
सोमबार, कात्तिक १२ २०८१
images
सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस्, हामी विकल्प खोज्छौँ : अध्यक्ष कार्की

भन्सार छुटको सुविधा बाढी प्रभावित आयोजनालाई मात्र नभएर सबै आयोजनाले पाउनुपर्ने इप्पान महासचिव बलराम खतिवडाले बताए।

images
images

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढीपहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजीकरण गर्न नसक्ने भए हात उठाउनुपर्ने बताएका छन्।

images
images
images

सोमबार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काबीच ऊर्जा मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले उक्त कुरा बताएका हुन्।

images
images

सरकारले बाढीपहिरोमा मात्र नभएर अन्य कुनै पनि मुद्दामा सहजीकरण नगर्दा निजी क्षेत्रका प्रवर्द्धकहरुमा निराशा र आक्रोश बढ्दै गएको भन्दै सरकारले समयमै समस्या समाधानका लागि पहल नगरे भोलि नियन्त्रण नै गर्न नसक्ने गरी आक्रोश पोखिन सक्ने कार्कीले चेतावनी दिए।

images
images

उनले आरसीओडीको म्याद किन नथपिएको, बाढी पहिरो प्रभावित आयोजनालाई राहत कहिले दिने, पीपीए कहिले खुलाउने, २०८४ भित्र विद्युत उत्पादन नभए स्वत: टेक एन्ड पे हुने व्यवस्था कहिले हटाउनेलगायतका प्रश्न मन्त्रीसामु राखेका थिए। नियामक निकाय धेरै हुँदा काममा ढिलाइ भइरहेकाले १० वर्षमा २८ हजार ५ सय मेगावाट उत्पादन सम्भव नहुने पनि कार्कीले बताए।

पावर ट्रेडको बोटलनेक अन्त्य गर्न सकेमा अहिले देखिएका धेरै विषयहरु समाधान हुने इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले बताए।

भन्सार छुटको सुविधा बाढी प्रभावित आयोजनालाई मात्र नभएर सबै आयोजनाले पाउनुपर्ने इप्पान महासचिव बलराम खतिवडाले बताए। उनले असोज ११/१२ को बाढी मात्र नभइ यस अघि असार/साउन तथा गत वर्षको जेठ/असारमा आएको बाढीले क्षति पुर्‍याएका आयोजनाले पनि राहत र क्षतिपूर्ति पाउनुपर्ने भनाइ राखे।

निजी क्षेत्रका मुद्दामा गम्भीर छौँ : ऊर्जामन्त्री खड्का

ऊर्जामन्त्री दीपक खड्काले निजी क्षेत्रले उठाएका सबै मुद्दामा सरकार गम्भीर रहेको बताए। २८ हजार ५०० मेगावाटको मार्गचित्र मन्त्रिपरिषद्‍मा पुगेको जानकारी दिँदै मन्त्री खड्काले बाढी पहिरोको कुरामा अर्थको सहमति र विपद व्यवस्थापन समितिको रायका लागि पठाइएको पनि जानकारी गराएका थिए।

आरसीओडीको म्याद थप, पीपीए खुलाउने, विद्युत व्यापारको बोटलनेक हटाउने लगायतका मुद्दामा सरकार गम्भीर भएर लागि परेको मन्त्री खड्काको भनाइ थियो।

उक्त छलफलमा सहभागी ऊर्जा सचिव सुरेश आचार्यले निजी क्षेत्रका धेरै विषय समाधान हुने गरी मन्त्रिपरिषद्‌मा लैजाने तयारी भइरहेको बताए।


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend