बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजार पुन: वृद्धितर्फ फर्कियो, ५ अर्ब ३४ करोडको कारोबार

सोमबार, कात्तिक १२ २०८१
सेयर बजार पुन: वृद्धितर्फ फर्कियो, ५ अर्ब ३४ करोडको कारोबार

काठमाडौं- लगातार ४७.८५ अंकले घटेको बजारमा तीन दिनको कारोबारपछि हरियाली देखिएको छ। गएको साता समग्रमा ११८.२१ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि सामान्य ओरालोतिर नै लागेकोमा सोमबार भने बढेको छ।

गएको साता पहिलो कारोबारमा आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार पनि ५७.९९ अंकले घटेको थियो। त्यसअघि बजार लगातार चार कारोबारमा ८२.०२ अंकले बढेको थियो। गएको साता मंगलबार २५.८८ अंकले बढेको बजार बुधबार २०.४१ र बिहीबार १८.२५ अंकले घटेको थियो। 

यो साता आइतबार ९.१९ अंकले घटेको बजार सोमबार भने २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा पुगेको छ। २१३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ। २८ कम्पनीको सेयर मूल्य घटेको छ भने दुई कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। तर बजारले त्यसअनुसार साथ पाएको छैन। 

बजारप्रति लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। जसले बजार उतारचढावमा नै देखिन्छ। 


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend