आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक

images
सोमबार, कात्तिक १२ २०८१
images
भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको बताए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्।

images
images
images

सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानून र विधयेक प्रस्तुत गरिएको धारणा राखे।

images
images

'प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुंगो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस् भन्ने सरकारका तर्फबाट आग्रह छ', गृहमन्त्री लेखकले भने, 'यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानून बनाउनुपर्छ।'

images
images

विधेयकलाई आउँदो अधिवेशबाट पूर्णरुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्‍याएर संघीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न उनले आग्रह गरे।

'अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्', उनले भने, 'जुन सम्मानित समितिमा विचाराधीन छ।'

गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताए। 'यी विधयेकहरु पूर्ववर्ती सरकारबाट प्रस्तुत भएका भए पनि सरकार भनेको अविछिन्न उत्तराधिकारी हो, सरकार अलग/अलग हुँदैन', उनले भने। रासस


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend