बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अपि पावरको नाफा ९६.४९ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि छलाङ

सोमबार, कात्तिक १२ २०८१
अपि पावरको नाफा ९६.४९ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि छलाङ

गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४० लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९६.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५८.३६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा रहेको छ।

विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ४७ करोड ५२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.६५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपछि कम्पनी नाफामा पुगेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४० लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend