काठमाडौं-नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले बृद्धि भएको छ। सोमबार २०.६९ अंकले बढेर २९४७.४३ अंकमा पुगेको छ। सोमबार ७ अर्ब ९० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ।
एक करोड ४४ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ। सोमबार ९७ कम्पनी सेयर बढ्दा ८१ कम्पनीको सेयर भने घटेको छ। सोमबार मध्य भोटेकोशीको सेयरमा भने सर्किट लागेको छ।
लगातार बढीरहेको मध्यभोटेकोशीको सेयर सोमबार पनि प्रतिकित्ता ४१.७० रुपैयाँले बढेर ४५८.८० रुपैयाँमा कारोबार भएको छ।