बिहीबार , जेठ ३ गते २०८१    
images
images

कुल परीक्षणको ३८.५५ प्रतिशतमा कोरोना, आइतबारको तुलनामा सोमबार ६ प्रतिशतले बढे संक्रमित

images
सोमबार, माघ ३ २०७८
images
images
कुल परीक्षणको ३८.५५ प्रतिशतमा कोरोना, आइतबारको तुलनामा सोमबार ६ प्रतिशतले बढे संक्रमित
images
images

काठमाडौं- कोरोना संक्रमण फैलिने क्रम बढ्दो छ। नेपालमा अहिले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका संक्रमितहरू भेटिएका छन्। जसमा ओमिक्रोनको संक्रमण फैलँदो देखिएको छ। 

images
images
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कुल परीक्षणको ३८.५५ प्रतिशतमा कोरोना देखिएको छ। सामबार १७ हजार ४ सय ६५ जनाको कोरोना परीक्षण भएको थियो। जसमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखा परेको हो। 

images

सोमबार १४ हजार १४ जनोको पीसीआर परीक्षण भएकोमा ५ हजार ७ सय ४७ जनाको कोरोना संक्रमण देखिएको छ।

images
images

यसैगरी ३ हजार ४ सय ५१ जनाको एन्टिजेन परीक्षणमा ९ सय ८७ जनाको कोरोना देखिएको छ। आइतबारको तुलनामा सोमबार ६ प्रतिशतले कोरोना बढको हो। सोमबार ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ पुगेको छ।

images
images

साथै २४ घण्टामा १ लाख ४३ हजार ३ सय ६०  जनाले कोभिडबिरूद्धको खोप लगाएका छन्।

images

प्रकाशित : सोमबार, माघ ३ २०७८१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend