आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

images
आइतबार, कात्तिक ११ २०८१
images
जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एआईसम्बन्धी सम्मेलनमा विकास, प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताएका छन्।

images
images
images

युवासङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन्।

images
images

'विकासको तिर्खाबाट हामी ग्रस्त छौँ। त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ। हामीले आर्टिफिसियल इन्टेलिजेन्सको सकारात्मक उपयोग गर्नुपर्छ। यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानूनी प्रबन्धमा पनि जानुपर्छ', प्रधानमन्त्री ओलीले भने, 'एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनु छ। यस्ता क्षेत्रमा एआईको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआई एजुकेसनको केन्द्र कसरी बनाउने भन्नेमा हाम्रो ध्यान रहेको छ।'

images
images

उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए। रासस


प्रकाशित : आइतबार, कात्तिक ११ २०८११३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend