शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

गैरआवासीय नेपालीका कारण हाम्राे राष्ट्रियता बलियो बनेकाे छ : गृहमन्त्री लेखक

images
आइतबार, कात्तिक ११ २०८१
images
गैरआवासीय नेपालीका कारण हाम्राे राष्ट्रियता बलियो बनेकाे छ : गृहमन्त्री लेखक

गैरआवासीय नेपालीको उद्देश्य नेपालकाे आर्थिक उन्नति भएकाे भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेकाे गृहमन्त्रीले बताए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएकाे बताएका छन्।

images
images
images

गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालकाे राष्ट्रियता बलियो बनाएकाे बताए।

images
images

'नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएकाे छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएकाे छ,' उनले भने, 'गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ। तपाईँहरु रहेकाे देशमा तपाईँकाे अनुहार र व्यवहारमा नेपाल देख्छन्।' 

images
images

गैरआवासीय नेपालीको उद्देश्य नेपालकाे आर्थिक उन्नति भएकाे भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेकाे गृहमन्त्री लेखकले बताए। 'त्याे उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ। तपाईँकाे अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ। त्यसका लागि हामी वातावरण बनाउन लाग्छाैँ,' उनले भने।

यस्तै गैरआवासीय नेपालीकाे आर्थिक समाजिक र सांस्कृतिक अधिकारकाे सम्बाेधन गर्न सरकार कानून संशोधनकाे तयारीमा रहेकाे गृहमन्त्री लेखकले बताए। 'तपाईँहरु पनि त्यसरी नै आउनुहाेस्। कानून संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छाैँ। तपाईँ पनि गृहकार्य गरेर आउनुहोस्,' उनले भने।

लाेकतन्त्र अनुशासनकाे पद्धति भएकाे भन्दै लाेकतन्त्र अराजकता नभएको गृहमन्त्रीले बताए। रासस


प्रकाशित : आइतबार, कात्तिक ११ २०८११२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend