मंगलबार, चैत १२ गते २०८१    
मंगलबार, चैत १२ २०८१
images
images

वीरगञ्ज नाकाबाट एक खर्ब ४३ अर्बको सामान आयात हुँदा ७ अर्बको निर्यात

images
आइतबार, कात्तिक ११ २०८१
images
images
वीरगञ्ज नाकाबाट एक खर्ब ४३ अर्बको सामान आयात हुँदा ७ अर्बको निर्यात

चालु आवको तीन महिनामा वीरगञ्जबाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार रूपैयाँ मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन्।

images
images

पर्सा- वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ।

images
images

चालु आवको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार रूपैयाँ बराबरका मालसामान आयात भएका छन्।

images
images

गत आवको सोही अवधिमा भएको आयातमा ६ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ। गत आवको सोही अवधिमा एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार रूपैयाँ बराबरका सामान आयात भएका थिए। 

images
images

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो। तीन महिनामा समग्रमा राजस्व संकलन भने बढेको छ।

चालु आवको तीन महिनामा वीरगञ्जबाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार रूपैयाँ मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन्। गत आवको सोही अवधिमा आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार रूपैयाँ मूल्य बराबरका सामान निर्यात भएका थिए। रासस


प्रकाशित : आइतबार, कात्तिक ११ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend