बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्राइम कमर्सियल बैंकले सेयरधनीलाई नगद लाभांश दिने

आइतबार, कात्तिक ११ २०८१
प्राइम कमर्सियल बैंकले सेयरधनीलाई नगद लाभांश दिने

कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत (कर सहित) का दरले हुन आउने ९७ करोड १ लाख २८ हजार ७ सय ८६ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 


प्रकाशित : आइतबार, कात्तिक ११ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend