आइतबार, कात्तिक ११ गते २०८१    
images
images

तिंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णयपछि जिल्लावासी खुसी

images
शनिबार, कात्तिक १० २०८१
images
images
तिंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णयपछि जिल्लावासी खुसी

चीनसँग हुने व्यापार सहजताका लागि तिंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णयको जिल्लावासीले स्वागतसमेत गरेका छन्।

images
images

दार्चुला- सरकारले दार्चुलाको त्रिदेशीय सीमा तिंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेपछि जिल्लावासी खुसी भएका छन्। चीनसँग हुने व्यापार सहजताका लागि तिंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णयको जिल्लावासीले स्वागतसमेत गरेका छन्।

images
images
images

यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने तथा तिंकरमा अध्यागमन कार्यालय राख्ने निर्णय गरेको थियो। त्यसका लागि सरकारले संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने निर्णय भएको सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराएका थिए।

images

सीमा प्रशासन कार्यालय व्यास छाङ्गरुका नामले खोलिएको कार्यालयको कामकाज जिल्ला सदरमुकाम खलङ्गाबाट हुँदै आएको थियो। यसले व्यास गाउँपालिका-१ छाङ्गरु र तिंकर जान बहुयात्रा अनुमति पास दिँदै आएको छ।

images

नेपालतर्फ बाटो नहुँदा भारतीय मार्ग प्रयोग गर्दै व्यास जानुपर्ने बाध्यता छ। कार्यालय दुईतिर सञ्चालन गर्नुपर्ने बाध्यता हटाउँदै सरकारले तिंकरमा अध्यागमन कार्यालय खोल्ने तयारी गरेको छ। 

व्यासको तिंकरमा अध्यागमन कार्यालय खुल्ने भएपछि स्थानीय राजनीतिक दलका नेता र स्थानीय खुसी भएका छन्। व्यास-१ का स्थानीय नगेन्द्र तिंकरीले भने, 'अध्यागमन खोल्ने सरकारको निर्णय स्वागतयोग्य छ, यो जिल्लावासीका लागि खुसीको कुरा हो।'

यस्तै, पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले व्यासको तिंकरमा अध्यागमन खोल्ने सरकारको निर्णय दार्चुलाको विकास र समृद्धिका लागि ऐतिहासिक सफलता भएको उल्लेख गरे। उनले भने, 'अब तिंकर नाका भएर कैलाश मानसरोवर यात्राको ढोका खुल्यो।' 

व्यास-१ का वडासचिव विनोदसिँह बुढाथोकी सरकारले अध्यागमन खोल्न दरबन्दी स्वीकृत गरेर सीमाका नागरिक खुसी भएको प्रतिक्रिया दिए। 'अब यो निर्णय तत्कालै कार्यान्वयनमा आउनुपर्छ', उनले भने। यसअघि व्यासको छाङ्गरुमा सीमा प्रशासन कार्यालय रहे पनि नागरिकले सेवा लिन सदरमुकाम खलङ्गा आउनु परेको थियो। 

हाल तिंकरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि बसिसकेको अवस्थामा अध्यागमन कार्यालय सञ्चालन भएपछि यस क्षेत्रको विकासमा सहयोग पुग्ने उनको विश्वास छ। व्यासको तिंकर नाका भएर चीनको ताक्लाकोट व्यापार हुँदै आएको छ। पछिल्लो समय कोभिडपछि यो वर्ष तिंकर नाका खुलेको छ। छाङ्गरुका र तिंकरका स्थानीय अहिले ताक्लाकोटमा व्यापार गर्ने गर्छन्। रासस


प्रकाशित : शनिबार, कात्तिक १० २०८११५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend