शनिबार, साउन १२ गते २०८१    
images
images
images

आन्तरिक उडानमा एन्टिजेन परीक्षण अनिवार्य गर्ने व्यवस्थाको विरोध 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ३ २०७८
images
images
आन्तरिक उडानमा एन्टिजेन परीक्षण अनिवार्य गर्ने व्यवस्थाको विरोध 

अहिले आन्तरिक उडानमा दैनिक १० हजार भन्दा बढी यात्रु छन्। 

images

काठमाडौं- आन्तरिक उडानमा सरकारले एन्टिजेन परीक्षण अनिवार्य गर्ने गरी आदेश जारी गरेको छ। सरकारी आदेश सम्भव र मान्य नभएको निजी हवाई सेवाप्रदायक कम्पनीहरूले प्रतिक्रिया दिएका छन्। 

images
images

निजी हवाईसेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा संघले पनि आन्तरिक उडानमा एन्टिजेनको विरोध गर्ने भएको छ। संघको सोमबार नै बैठक बसेर आधिकारीक निर्णय गर्ने संघका महासचिव मनोज कार्कीले बताए।

images

'कहिले खोप कार्ड भनेको छ, कहिले एन्टिजेन परीक्षण भनिएको छ' उनले भने 'उडानमा एन्टिजेन परीक्षण सम्भव छैन र मान्य पनि हुँदैन।'

पुस ३० गते बसेको मन्त्रिपरिषद्को वैठकले आन्तरिक उडानमा एन्टिजेन परीक्षण अनिवार्य गर्ने र एन्टिजेन परीक्षणमा रिपोर्ट नेगेटिभ आएका लागि मात्रै यात्रा गराउनु पर्ने निर्णय गरेको छ।

images

केही दिन अगाडि भने सीसीएमसले आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गर्ने गरी सिफारिस गरेको थियो। तर फेरि अहिले एन्टिजेन परीक्षणको विषय आएपनि यो एयरलाइन्स कम्पनीलाई मान्य  नहुने कार्की बताउँछन।

‘के अब एयरलाइन्स कम्पनीले परीक्षणको काम पनि गर्नु पर्ने भएको हो,’ उनले भने, ‘ बिहान साढे ६ बजेबाट उडान सुरु हुन्छ। एउटा एटीआर जहाजमा ७२ जना यात्रु बोकिन्छ। कति बजेबाट एन्टिजेन परीक्षण गर्ने? कसले गर्ने? एन्टिजेनको खर्च वायुसेवा कम्पनी आफैले गर्नु पर्ने भनिएको छ। खर्च टिकटमा जोडने कि थप लिने ? यो सबै कारणले एन्टिजेन सम्भव छैन। बरु खोप कार्डमा एयरलाइन्स कम्पनीले केही सहयोग गर्न सक्छन्।’

यता आन्तरिक उडानमा सबै भन्दा धेरै उडान गर्ने र यात्रु बोक्ने पहिलो र दोस्रो नम्बरमा रहेका बुद्ध र यति एयरलाइन्सले पनि यो निर्णय मान्य नहुने बताएका  छन्। 

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले  एन्टिजेन परीक्षण सम्भव नभएको बताए।

'खोप कार्डको विषयलाई छोडेर एन्टिजेन भनिएको छ। विहान साढे ६ बजेबाट उडान सुरु हुन्छ। यो सम्भव छैन। एयरलाइन्स कम्पनीलाई मान्य छैन' उनले। 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले पनि अहिलेको व्यवस्था व्यवहारिक नभएको बताए। 

'एन्टिजेन परीक्षण अव्यवहारिक छ। यो कसरी हुने केही थाह छैन। परीक्षण कसले गर्ने यो विषय पनि अन्यौल मा छ। यस्ता निर्णय गर्दा सरोकारवाला निकायसँगको सहकार्यमा गर्नु पर्ने राम्रो हुन्छ' उनले भने' काठमाडौंमा त जसोतसो गरिएला रे। तर काठमाडौं बाहिर कसरी गर्ने हो?'  उनले भने। 

अहिले आन्तरिक उडानमा दैनिक १० हजार भन्दा बढी यात्रु छन्। 

 


प्रकाशित : सोमबार, माघ ३ २०७८०७:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend