बिहीबार , मंसिर ६ गते २०८१    
images
images

एमएडब्लू वृद्धिले सुरु गर्‍यो भक्तपुरमा दिपल ईभीको नयाँ शोरुम

images
शुक्रबार, कात्तिक ९ २०८१
images
images
एमएडब्लू वृद्धिले सुरु गर्‍यो भक्तपुरमा दिपल ईभीको नयाँ शोरुम

एमएडब्लू वृद्धिले यसअघि नै पोखरामा आफ्नो अपरेसन सुरु गरिसकेको छ भने बुटवल, वीरगञ्ज, नारायणघाट, विराटनगर र बिर्तामोड गरी थप पाँच सहरमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।

images
images

भक्तपुर- नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले शुक्रबार भक्तपुरको राधेराधेमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ। एमएडब्लू वृद्धिले स्काइलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल ईभीको फस्ट-ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सुरु गरेको हो। 

images
images
images

नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काइलाइन मोटरका निर्देशक विशाल पान्डेले संयुक्त रुपमा दिपलको भक्तपुर शोरुम उद्घाटन गरेका हुन्।

images

उद्घाटनका क्रममा नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्टिफिसियल इन्टेलिजेन्ज भएका सवारीसाधनहरु नेपालमा भित्रिनु सुविधा र सुरक्षाका हिसाबले महत्वपूर्ण रहेको बताए। ‘अब सूचना प्रविधिका क्षेत्रमा मात्र होइन अटोमोबाइलमा पनि आर्टिकफिसियल इन्टेलिजेन्स भित्रिइसकेको छ,’ उनले भने, ‘सरकारले डिजेल पेट्रोलका सवारीसाधनको आयातलाई कम गर्न र देशमा प्रचुरमात्रामा भएको जलस्रोतलाई उपयोग गर्न सवारीधान, रेल र उद्योगलाई विद्युतीकरण गर्नुपर्छ।’ उनले समाजका सबै तप्कासम्म विद्युतीय सवारीसाधनको पहुँचलाई सहज बनाउन सरकारले काम गर्नुपर्ने पनि बताए। 

images

त्यसैगरी एमएडब्लू वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनीयता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताए। ‘आजको दिनमा नेपालमा आयात हुने ८० प्रतिशत कार ईभी हुन्। यसबाट नेपाली प्रयोगकर्तामाझ ईभीप्रतिको विश्वसनीयता बढिरहेको देखिन्छ,’ उनले भने। 

उनले चीनको सबैभन्दा पुरानो र दोस्रो ठूलो अटोमोबाइल कम्पनीलाई नेपालमा प्रतिनिधित्व गर्न पाउँदा आफूले गर्व महसुस गरिरहेको उल्लेख गरे। ‘६ महिनाअघि सार्वजनिक गरेयता हामीले पाँच सय ५० भन्दा बढी दिपल ईभी डेलिभरी गरिसकेका छौँ र सबै ग्राहक यसको पर्फमेन्सबाट सन्तुष्ट हुनुहुन्छ,’ उनले भने। 

कार्यक्रममा स्काइलाइन मोटरका निर्देशक विशाल पान्डेले भक्तपुरमा औपचारिक रुपमा शोरुम सुरु गर्नुभन्दा पहिले नै बजारबाट राम्रो प्रतिक्रिया पाउन थालिसकेको बताए। 

एमएडब्लू वृद्धिले यसअघि नै पोखरामा आफ्नो अपरेसन सुरु गरिसकेको छ भने बुटवल, वीरगञ्ज, नारायणघाट, विराटनगर र बिर्तामोड गरी थप पाँच सहरमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको छ। 

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन्। जसका कारण यो ईभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो।


प्रकाशित : शुक्रबार, कात्तिक ९ २०८११९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend