शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

'ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४' सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ९ २०८१
'ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४' सम्पन्न

काठमाडौं- 'ग्लोबल एजुकेसन (जीईडीयू) पार्टनर्स मिट २०२४' काठमाडौंको ह्यात रिजेन्सीमा सम्पन्न भएको छ। 

कार्यक्रममा ३ सयभन्दा बढी शैक्षिक जगतका साझेदार, विज्ञ, वुद्धिजीवी र अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागीता थियो। कार्यक्रममा जीईडीयू ले नेपालको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त भयो।

कार्यक्रमलाई  सम्बोधन  गर्दै  जीईडीयू का प्रमुख कार्यकारी अधिकृत  डा. विश्वजीत राणाले  जीईडीयू को बृहत विश्वव्यापी सञ्जाल मार्फत  नेपालको उच्च शिक्षा विकासलाई  निरन्तर नँया उचाई पुर्याउने आफ्नो  दूरगामी सोच  रहेको बताए।  

जीईडीयू ले दुबई, माल्टा, फ्रान्स, जर्मनी, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा र रोजगारीका अवसरहरू प्रदान गरिरहेको छ।

डा. राणाले  जीईडीयू आफ्नो   'शिक्षामार्फत जीवन परिवर्तन' गर्ने  लक्ष्य अनुरुप नेपालका विभिन्न सहरहरूमा शैक्षिक पहुँच विस्तार गर्न  दृढताका साथ अगाडि बढिरहेको पनि जानकारी  दिए।    

उनका अनुसार जीईडीयूका  'विश्वभरी रहेका १२ क्याम्पसहरूमा प्रदान गरिने शैक्षिक कार्यक्रमहरूबाट हालसम्म ६० हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन र यीमध्ये  नेपाली विद्यार्थी भाषित हरूलाई विदेशमा गुणस्तरीय शिक्षा र विविध सांस्कृतिक अनुभवहरू हासिल गर्न मद्दत मिलिरहेको छ।'

त्यसैगरी जीईडीयूको सार्क क्षेत्र प्रमुख  कुबेर कपूरले यो कार्यक्रमलाई 'अपूर्व  सफलता'को रुपमा परिभाषित गर्दै  जीईडीयू यसका नेपालस्थित साझेदार र अन्य  सम्वद्ध  निकायहरुसँग सहकार्य एवं समन्वय गरी नेपाली  विद्यार्थीहरूलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको पहुँच गराउने प्रतिबद्धता व्यक्त गरे। उनले जीईडीयू का विश्वभर रहेका उत्कृष्ट क्याम्पसहरूले नेपाली विद्यार्थीहरूको लागि उच्च शिक्षा प्राप्त गर्न मार्ग खुला गर्ने कुरा पनि बताए।

पार्टनर्स मिटमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई,  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को  गण्डकी प्रदेश समिति अध्यक्ष सञ्जय सुवेदी, इक्यान पूर्वअध्यक्ष विष्णु हरि पाण्डे र प्रकाश पाण्डेले पनि उपस्थिति जनाएका थिए।

कार्यक्रममा जीईडीयू ले आफ्नो लक्ष्य प्राप्ति तर्फको यात्रामा सक्रिय सहयोग गर्ने नेपालका उत्कृष्ट साझेदारहरूलाई सम्मान गरेको थियो।

'ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४' नेपालमा हालसम्म आयोजित सबैभन्दा ठूलो शैक्षिक कार्यक्रम हो। यो नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने दिशामा यो मिट एक कोशेढुंगा सावित भएको बताइन्छ।


प्रकाशित : शुक्रबार, कात्तिक ९ २०८११७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend