शनिबार, मंसिर ८ गते २०८१    
images
images

वीरगञ्ज हुँदै आयात हुने चारपांग्रे सवारीसाधनको आयात घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ९ २०८१
images
images
वीरगञ्ज हुँदै आयात हुने चारपांग्रे सवारीसाधनको आयात घट्यो

चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन्।

images
images

पर्सा- वीरगञ्ज भन्सार नाका हुँदै आयात हुने चारपांग्रे सवारीसाधनको आयात घटेको छ।

images
images
images

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपांग्रे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ। वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ। 

images

चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन्। गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीप, कार र भ्यानको परिमाणको आधारमा ६६ दशमलव ०९ प्रतिशतले  घटेको देखिन्छ। सोही अवधि राजस्व सं‍कलनको आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले गिरावट आएको छ। 

images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा पनि अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए। 'व्यवसायीले  जुनसुकै नाकाबाट सवारीसाधन भित्राए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,' उनले भने,'चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सं‍कलन गर्ने समग्र राजस्वमासमेत वृद्धि हुँदै आइरहेको छ।' 

गत आवको तीन महिनाको अवधिमा भने ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यानको आयात भएको थियो। पेटोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधनको मात्रै आयात घटेको होइन्। गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक, कार, जीप र भ्यानको आयातमा पनि ठूलो गिरावट आएको छ।

चालु आवको तीन महिनाको अवधिमा वीरगञ्ज नाकाहुँदै नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ। प्रमुख भन्सार प्रशासक लामिछानेले इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज नाकाबाट भन्दा पनि उत्तरी नाकाबाट धेरै भित्रिने बताउँछन्।

'इलेक्ट्रिक सवारीसाधन व्यापारीले उत्तरी नाकाबाट भित्र्याउने गर्नुहुन्छ भने ठूला सवारीसाधन भने वीरगञ्ज नाका हुँदै भित्रिन्छन्' उनले भने।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले गिरावट आएको छ। सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयातबाट हुने राजस्व सं‍कलनमा पनि ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ। जब कि गत आवको तीन महिनाको अवधिमा ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा इलेक्ट्रिक सवारीसाधन आयात भएको थियो।

चालु आवको तीन महिनाको अवधिमा रु सात करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक, मिनि ट्रकको आयातमा भएको छ। जब कि गत आवको तीन महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको छ।

गत आवको तीन महिनाको अवधिमा ट्रक मिनि ट्रक २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए।

त्यस्तै चालु आवको तीन महिनाको अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि खस्किएको छ। चालु आवको तीन महिनाको अवधिमा नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको छ। गत आवको सोही अवधिमा भने १४ करोड १५ लाख मूल्यपर्ने एक सय ३२ पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ९ २०८११५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend