आइतबार, मंसिर ९ गते २०८१    
images
images

मुग्लिन-पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

images
सोमबार, माघ ३ २०७८
images
images
मुग्लिन-पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

पश्चिम खण्डलाई सात अर्ब ४० करोड करोड ४६ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनी गत वर्ष जेठमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ।

images
images

कास्की- पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौंसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ। 

images
images
images

एसियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन-पोखरा सडक योजनाले काम अघि बढाएको हो।

images

पोखरा-मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ। पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ कीमी क्षेत्र पश्चिम खण्डमा पर्दछ। सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन-पोखरा सडक योजनाको कार्यालय स्थापना गरिएको छ। 

images

यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ कीमी सडक पूर्वी खण्डमा पर्दछ। यसको कार्यालय हाल गुणादीमा रहेको छ। योजनाको पश्चिम खण्डमा अहिले लगत लिएर बोट बिरुवा कटानको काम सुरु भएको सो खण्डका योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार योजना क्षेत्रमा पर्ने रुख कटानका लागि विभागीय स्वीकृतिपछि हाल कटानको काम धमाधम भइरहेको छ।

जामुनेदेखि यताको क्षेत्रमा तीन हजार १६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० वटा कटान गरिएको छ। सेतीनदी पुलदेखि कोत्रेसम्म एक हजार २७१ रुख काट्ने योजना छ। यस क्षेत्रमा स्वीकृत प्राप्त भएकाले केही दिनमै कटान सुरु गरिने योजना प्रमुख श्रेष्ठले जानकारी दिए। 

'पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भए पनि अहिले पहिलो चरणमा रुख कटान सुरु गरेका छौं', योजना प्रमुख श्रेष्ठले भने, 'रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गछौं।' पश्चिम खण्डको तुलनामा पूर्वी खण्डको काम केही अघि बढेको बताइन्छ। रुख कटानसँगै विद्युत्का पोल हटाउनका लागि प्राधिकरणले लगत संकलनको कार्य अगाडि बढाएको बताइएको छ। 

यसका साथै राजमार्ग विस्तारका क्रममा सडक मापदण्डमा पर्ने घरटहरा हटाउने कार्यसमेतसँगै अघि बढाउने योजनाको तयारी छ। अहिले घरटहराको लगत निले काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए। राजमार्ग विस्तार गरेर चार लेनको बनाउने योजना रहे पनि पश्चिम खण्डको सबै केही स्थानमा भने छ लेन बन्ने भएको छ। योजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ।

तल्लो गगनगौँडादेखि गाछेपानी (हलेदी झोलुङ्गेपुल) चार लेन, गाछेपानीऔखैरेनीटार बजार छ लेन र खैरेनीटारदेखि जामुनेसम्मको खण्ड चार लेनको बन्नेछ। विस्तार गरिएको छ लेनको सडक फुटपाथसहित ४३ मिटरको हुनेछ। जसमा बीचमा डेढ मिटरको डिभाइडर रहने योजना कार्यालयका प्रशासन प्रमुख जीवनाथ शर्मा मरासिनीले जानकारी दिए। उनका अनुसार डिभाइडरमा फूल रोपेर सडकको सौन्दर्य वृद्धिको योजना छ।

पश्चिम खण्डलाई सात अर्ब ४० करोड करोड ४६ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनी गत वर्ष जेठमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ।

योजना आगामी ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको छ।सम्झौतामा पोखराको विजयपुर पुल, कोत्रे नदी पुल, कुम्लेखोला पुल र म्याग्देखोलामा नयाँ पुल निर्माणसमेत समेटिएको छ। पोखराको सेती नदी पुल र दमौलीस्थित मादी नदी पुलका लागि थप बोलपत्र आह्वान गरेर काम अघि बढाइने योजनाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, माघ ३ २०७८०५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend