शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ९ २०८१
images
images
अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने
फाइल तस्बिर

नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो ।

images
images

अर्घाखाँची- यहाँको शीतगंगा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो।

images
images

नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । 

images
images

नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघलाई अनुरोध गरेको नगरप्रमुख छविलाल पौडेलले बताए। 

images
images

उनले उक्त निर्णय तत्काल लागु गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरेका छन्। 

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ९ २०८११०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend