काठमाडौं- सामबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ। आइतबार ९२ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँ बढेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको हो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। सामेबारका लागि चाँदीको मूल्य तोलामा १२ सय ५५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।