बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सयदिनमा पूर्वाधार मन्त्रालयका ५५ उपलब्धि

images
बिहीबार , कात्तिक ८ २०८१
images
images
सयदिनमा पूर्वाधार मन्त्रालयका ५५ उपलब्धि

वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि थप १५ अर्ब १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो कार्यकालका एकसय दिनमा ५५ उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सय दिनको उपलब्धि विवरण सार्वजनिक गरेका हुन्।

images
images
images

एकसय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्यमध्ये ८ वटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको जनाइएको छ। 

‘पुनर्निर्माणको जिम्मेवारीबाट सरकार पछि हट्दैन’

images

बर्सात र बाढीको प्रकोपका कारण सिर्जित आपतकालीन सडक तथा यातायात व्यस्थापनको कार्यमा लाग्नु परेकाले सबै लक्ष्य पूरा गर्न कठिन भएको मन्त्री दाहालले उल्लेख गरे।

images

वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि थप १५ अर्ब १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। ती संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायहरुसँग छलफल भइरहेको समेत मन्त्री दाहालले बताए। तर दातृ निकायहरुको मात्र नपरि मन्त्रालयले आफ्नै स्रोतबाट भए पनि पुनर्निर्माण कार्यलाई अघि बढाउने उनको भनाइ छ।

यस सयदिनको अवधिमा नीतिगत र कानूनी कार्यहरुलाई समेत प्राथमिकतामा राखिएको मन्त्री दाहालले बताए। नीतिगत, सुशासन र कानूनी सुधारतर्फ सयदिनको अवधिमा ७ उपलब्धि प्राप्त भएका छन्। 

राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने, डिप्लोमा इन्जिनियरिङ परिषद् गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउनेलगायतका काम यस अवधिमा भएका छन्।

यस्तै मन्त्रालयले गठन गरेको कार्यदलले ३ नीति, १० ऐन, १० नियमावली, १३ मापदण्ड, ४ निर्देशिका, ५ गुरुयोजना र ५ कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नुपर्ने गरी पहिचानसमेत गरेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend