शनिबार, असोज ५ गते २०८१    
images
images

कोरोना नियन्त्रणका लागि भन्दै सरकारको ३६ बुँदे आदेश, के गर्न पाइन्छ के गर्न पाइन्न ?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ३ २०७८
images
images
कोरोना नियन्त्रणका लागि भन्दै सरकारको ३६ बुँदे आदेश, के गर्न पाइन्छ के गर्न पाइन्न ?

सरकारले कोरोनाको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणकम लागि भन्दौ ३६ बुँदै आदेश जारी गरेको छ। पुस ३० गते बसेको मन्त्रिपरिषद्को वैठकले ३६ बुँदे आदेश जारी गरेको हो।

images
images

काठमाडौं-सरकारले कोरोनाको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणकम लागि भन्दौ ३६ बुँदै आदेश जारी गरेको छ। पुस ३० गते बसेको मन्त्रिपरिषद्को वैठकले ३६ बुँदे आदेश जारी गरेको हो।

images
images
images

ओमिक्रोनसहितको सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरिएको र त्यसको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्न मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।आदेशमा भिडभाड बढी हुने ठाउँमा नियन्त्रणका उपाएदेखि बन्द गर्ने नीति लिएको छ।

के गर्न पाइन्छ के पाइन्न
माघ सात गतेपछि सरकारीे सेवामा खोपकार्डलाई अनिवार्य गर्ने देखि माघ १५ गतेसम्म जिम, फुटसल, फिलिम हल, नाइट लाइफ बन्द गरिने भएको छ। यसैगरी जहाज चढन पनि एन्टिजेन अनिवार्य गर्ने भएको छ।

सरकारले आदेशमार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। गोष्ठी, सेमीनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र रहने गरी सञ्चालन गर्न अनुमति दिने आदेशमा उल्लेख छ।

images

आदेशअनुसार त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा ७ गतेपछि त्यस्तो कार्यक्रम पूर्णखोप लगाएका व्यक्ति मात्र उपस्थित हुने व्यवस्था मिलाउन पर्नेछ। सरकारले सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जीम, स्वीमिङ पुल, फुटसल, हाटबजार र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम यही माघ १५ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ।

आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टरलगायतका अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने निर्णय भएको  छ। आदेशमा शैक्षिक क्रियाकलाप र शिक्षण सिकाइका गतिविधि भर्चुअल माध्यमबाट सञ्चालन गर्न भनिएको छ।

विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा,  वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सक शिक्षाका सबै किसिमका परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन सकिने छ।

यस्तो छ ३६ बुँदे आदेश 

१.png

२.png

३.png

४.png

५.png

६.png

 

८.png

९.png

१०.png

११.png

१२.png

१३.png

१४.png

१५.png

१६.png

१७.png

१८.png


प्रकाशित : सोमबार, माघ ३ २०७८०२:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend