शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

हेलिकोप्टर उदयको ८ दशकपछि नागरिक उड्डयनमा थपिँदै नयाँ प्रकार, एयर ट्याक्सी नियमन गर्न अमेरिकाले तयार पार्‍यो कानून

images
बिहीबार , कात्तिक ८ २०८१
images
images
हेलिकोप्टर उदयको ८ दशकपछि नागरिक उड्डयनमा थपिँदै नयाँ प्रकार, एयर ट्याक्सी नियमन गर्न अमेरिकाले तयार पार्‍यो कानून

यो नियमले कार्गो तथा प्यासेन्जर उडानलाई समेट्ने विश्वास गरिएको छ।

images
images

काठमाडौं- अन्तरिक्षसम्मै उड्ने बहानको विकास र प्रयोगमा तीव्र प्रतिस्पर्धा भइरहेपनि नियमित रुपमा नागरिक सेवाका लागि उपलब्ध हुने बहानमा भने पछिल्लो ८ दशकदेखि नयाँ केही भएको थिएन। सन् १९४० को दशकमा हेलिकोप्टर थपिएपछि नागरिक उड्डयनमा नयाँ प्रकार थपिएको छैन। तर अब भने नयाँ क्याटोगरी थपिने भएको छ। 

images
images
images

अमेरिकी नागरिक उड्डयन नियामकले पछिल्लोपटक  एउटा नियमन जारी गरेपछि यसले नागरिक उड्डयनमा आठ दशकपछि नयाँ सुविधा वा वर्ग थपिने भएको छ। गएको दशकदेखि तीव्र बनेको अनुसन्धान तथा विकासलाई सहयोग पुग्नेगरी अमेरिकी नियामकले छोटो दुरीमा उडान गर्नसक्ने बहानको सञ्चालनसम्बन्धि नियमनको दस्तावेज सार्वजनिक गरेको छ। ८ सय पेजको विस्तृत नियामकीय यो नियम आएपछि नागरिक उड्डयनको साँघुरो सेवा अब छिटै नियमित हुने छ। 

घना हुँदै गएका सहरमा भूमिस्थ यातायात जतिसुकै विकास भएपछि अझ तीव्र सेवाका लागि पछिल्लो समय विभिन्न बहानको विकास भइरहेको छ। एयर ट्याक्सी, ड्रोन तथा कार्गो सेवाका लागि यस्ता बहानको विकास तथा परीक्षण हुँदै आएको छ। विश्वका शक्तिशाली राष्ट्रले यसमा ठूलो लगानी गर्दै पनि आएका छन्। विकास र परीक्षण जतिसुकै तीव्र भएपछि नियामकीय व्यवस्था नहुँदा यसमा अन्यौल भने थियो अब अमेरिकाले अग्रसरता लिएपछि यो हटेको छ। 

images

न्यूनतम उचाइ तथा छोटो दुरीमा उडान गर्ने, भर्टिकल टेकअफ र ल्यान्डिङ गर्ने जहाज उडाने पाइलटको टाइप तालिम तथा सञ्चालनको आवश्यक सुरक्षा सर्त समेटेर अमेरिकी नियामकले कानूनलाई अन्तिम रुप दिएपछि संसारभर यसको विस्तार हुने देखिएको छ। उड्डयन नियमनमा अमेरिकी नियामक प्रभावशाली मानिन्छ। अमेरिकी नियामकले नियम ल्याएपछि संसारका धेरै नियामकले त्यसैलाई आधार बनाएर अघि बढ्छन्। 

images

यो नियमले कार्गो तथा प्यासेन्जर उडानलाई समेट्ने विश्वास गरिएको छ। 

अन्तरीक्षकै बारेमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला एयर ट्याक्सीमा अहिले संसारभर अध्ययन अनुसन्धान भइरहेको छ। अमेरिका, युरोपियन युनियन र चीनका बीचमा यस्तो प्रतिस्पर्धा देखिएको छ। न  हवाई जहाज न हेलिकोप्टर जस्तो तर उड्ने एउटा यन्त्र/उपकरण बनाउनका  लागि अहिले संसारभर २ सयभन्दा बढी परियोजना चलिरहेका छन्। यस्ता परियोजनामा संसारभर  वर्षेनि ७ देखि १० अर्ब अमेरिकी डलर लगानी भइरहेको छ। 

संसारका जुनसुकै देशमा यस्ता परियोजना भएपनि कामको एउटा समानता छ। त्यो हो ड्रोनको पुन:एसेम्बलिङ गरेर डिजाइन। हेलिकोप्टर जस्तै उडान तथा अवतरण गर्नका लागि साना रोटरहरुको प्रयोग बारे अध्ययन भइरहेका छन्। तर यो आइडिया हेलिकप्ट रभन्दा सस्तो, हरित छ। इलेक्ट्रिक भर्टिकल टेकअफ ल्यान्डिङको यो अवधारणाको डिजाइनमा छोटो दुरीको उडान गर्नसक्ने छ।

विशेषगरी सहरी क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा उडेर जानका लागि उपयोगी हुने कुरालाई अहिलेसम्मका अध्ययनले केन्द्रित बनाइरहेका छन्। इन्जिनियरहरू यसैमा लागिरहेका छन्। 

हेलिकोप्टरजस्तो पनि नभएको, जहाजजस्तो पनि नभएको यो उपकरणले सर्टिफिकेट पाउने कानून अमेरिकी नियामकले ल्याएको छ। 


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend