बुधबार, कात्तिक ७ गते २०८१    
images
images

यातायात व्यवस्था कार्यालयद्वारा तीन महिनामा १२ करोड ६३ लाख राजस्व संकलन

images
बुधबार, कात्तिक ७ २०८१
images
images
यातायात व्यवस्था कार्यालयद्वारा तीन महिनामा १२ करोड ६३ लाख राजस्व संकलन

चालु आवको असोजमा मात्रै चार करोड १५ लाख ६५ हजार आठ सय ४६ रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

धनुषा- मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा १२ करोड ६३ लाख ७४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा चार करोड ५५ लाख ६७ हजार आठ सय रूपैयाँ, भदौमा तीन करोड ९५ लाख दुई हजार नौ सय ९३ रूपैयाँ र असोजमा चार करोड १५ लाख ६५ हजार आठ सय ४६ रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए।

कार्यालयले सवारी दर्ता, सवारीचालक अनुमतिपत्र नवीकरण र प्रतिलिपि, सवारी कर, ‘रुटपरर्मिट’, पटके, आयकर तथा सडक सम्भारबापत सो राजस्व संकलन गरेको उनले बताए।

images

कार्यालयमा रहेको विवरण अनुसार गत असोज २१ गतेसम्ममा साना सवारीसाधन दर्ता एक हजार दुईसय १७, ठूला सवारीसाधनअन्तर्गत जीप तथा कार २२, ट्र्याक्टर २९, बस २१, मिनीट्रक सात, ई-रिक्सा तथा टेम्पो भाडाका एकसय ६०, व्यक्तिगत ई-रिक्सा एकसय ७३, एम्बुलेन्स एक र तथा डोजर पाँचवटा दर्ता भएका प्रमुख सिंहले जानकारी दिए।

images

एक महिनाअघि सरुवा भएर यहाँ आएका प्रमुख सिंहले सेवाग्राहीलाई छिटोछरितो कार्यसम्पादन गर्न कार्यालयको शाखामा आन्तरिक सुधारका प्रयास गरिएको बताए। कार्यालयले चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट गत आर्थिक वर्ष २०८०/८१ मा ६३ करोड १५ लाख ३२ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

मधेश प्रदेश सरकारअन्तर्गत मधेशका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छ। प्रदेशमा संघीयता लागु हुनुअघि तीनवटा जिल्लामा मात्र यातायात व्यवस्था कार्यालय थियो। रासस


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend