मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

विपत्तिले काम केही धिमा भए पनि सरकार सम्हालिँदै अघि बढिरहेको छ : प्रधानमन्त्री

images
बुधबार, कात्तिक ७ २०८१
images
विपत्तिले काम केही धिमा भए पनि सरकार सम्हालिँदै अघि बढिरहेको छ : प्रधानमन्त्री

वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले यसबीचमा दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी उनीहरुले पाएको बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताएका छन्।

images
images
images

वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी उनीहरुले पाएको बताए।

images
images

'लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका  छन्। उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड निकासा गरेको थियो', प्रधानमन्त्रीले भने, 'करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन्।'

images
images

कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनीहरूको बीमा बापतको भुक्तानी गर्न ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पारे।

उनले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको जानकारी दिए। निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये संघीय मन्त्रालयबाट ६ अर्ब ७५ करोड रूपैयाँ यस अवधिमा भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गरे। रासस


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend