बुधबार, कात्तिक ७ गते २०८१    
images
images

सुस्ताको सास्ती

images
बुधबार, कात्तिक ७ २०८१
images
images
सुस्ताको सास्ती

रामवृक्ष चमारको पनि उही नै गुनासो छ। लालपुर्जा छैन। आफूले त कष्ट काटे पनि छोरी, नातिको पालामा सुख भइदिए पनि हुन्थ्यो झैँ लाग्छ। सुस्तामा जोडिएको पुलले केही आशा त जगाएको छ उनलाई।

images
images

नवलपरासी- 'हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीँ बा। नहीँ हमनके लालपुर्जा बा। नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा' अर्थात 'हामी नेपाली भए पनि नागरिकता छैन। अनि लालपुर्जा पनि। नागरिकता लिएर मर्न मन छ। के हुन्छ खै हेरौँ।'

images
images
images

यो गुनासो हो, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५, सुस्ता गाउँका स्थानीय इन्द्रजित लोनियाको। उमेरले पनि ७० वर्ष नाघिसक्यो। नागरिकता कुर्दाकुर्दै उमेर पनि ढल्किसक्यो।

अझै पनि पाइन्छ कि भन्ने आशा मरेको छैन उनको छ। उनीसँग लालपुर्जा पनि छैन। यसले पनि उनलाई पिरोलिरहन्छ। 'लालपुर्जा र नागरिकता पाए त मर्ने बेलामा पनि शान्तिले सास जान्थ्यो कि', उनी भन्छन्।

images

जीवन कष्टकरमै बितेको उनी सुनाउँछन्। भन्नेबित्तिकै सीमा कटेर भारत आवतजावत गर्न सहज त्यति नहुने र नेपाल जोड्ने पुल समेत नहुँदा निकै सास्ती भोग्नुपरेको उनको गुनासो छ। 'यहाँ वर्षौँदेखि बिजुली थिएन, अन्धकारमा नै बित्यो, अहिले त हाम्रो बस्ती झलमल भएको छ,' केही खुसीको भावमा उनी भन्छन्, 'अहिले त सुस्तामा पुल पनि बनिसक्यो, अब केही हुन्छ कि?'

images

यसअघि नवलपरासी (पश्चिम) स्थित नारायणी नदीमा गाउँ पुल थिएन। सुस्तामा पुल नहुँदा ज्यानै जोखिममा राखेर वारपार डुंगामा वारपार गर्नुपर्दा गुजारा गर्न नै गाहे हुने गरेको अनुभव सुनाउँछिन् सुस्ताकै मराक्षीदेवी लोनिया।

'यहाँ हामी उखु रोप्थ्यौँ तर बिक्दैनथ्यो। डुंगाबाट वारपार गर्दा लड्ने डर हुन्थ्यो, भारतले पनि हाम्रो उखु किन्दैनथ्यो,' उनी सुनाउँछन्, 'धेरै गाह्रो भएको थियो। बल्ल पुल बन्यो, अब त पहिला जस्तो सास्ती नहोला।

केही वर्ष पहिले डुंगा पल्टेरै उनको देवरको ज्यानै गएको थियो। त्यसपछि डुंगामा नदी वारपार गर्न उनलाई सधैँ डर लाग्ने गर्दछ। 'त्यसपछि म त पारी नेपालसम्म नै जान डर मान्थेँ। केही पर्‍यो भने भारत जाने हो,' उनी भन्छिन्, 'अब त पुल बनेको छ, पुल तरेर पारी नेपाल जानेछौँ।'

मनभरि नेपालको माया छ तर नेपाली भन्ने प्रमाण छैन उनीसँगै। पुल बनेपछि खुसीले गद्गद् भएकी लोनियालाई अब नागरिकता पाए हुन्थ्यो भन्ने लाग्छ। 

गत असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेल सुस्ता पुग्नु भइ झोलुंगे पुलको उद्घाटन गरिरहँदा सुस्तावासीले आफ्नो वर्षौँदेखिको सपना पूरा भएको अनुभव गरिरहेका थिए। अब आफूहरुले नागरिकताको विषयमा भोग्नुपरेको सास्तीको विषयमा राष्ट्रपतिले केही बोल्दिए हुन्थ्यो भन्ने आशा बोकेर कार्यक्रमस्थल आइपुग्नुभएको थियो, लोनिया।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, 'ढुक्क हुनुस् तपाइँहरुलाई नागरिकता र लालपुर्जा दुबै दिन्छौँ।' उपस्थित सर्वसाधारणहरुबाट खुसीले गडगडावट रुपमा बेस्सरी ताली बजेको थियो। 

लोनियालाई नेपाली भाषा बोल्न आउँदैन। बुझ्न पनि बुझ्दिनन्। भन्छिन्, 'हमरा सरकार काकहत बानी, हमके सम्झादेइ। अर्थात हाम्रो सरकारले के भन्नुभएको हो? मलाई बुझाइदिनुस् त।' छेउमै बसेका इन्द्रजित लोनियासँग सोध्छिन् उनी। जवाफमा इन्द्रजित भन्छन्, 'नागरिकता देहेके कहत बानी अर्थात नागरिकता दिन्छु भन्नुहुन्छ,'

अनि मुसुक्क मुस्कुराउँछिन् लोनिया। सायद वर्षौँदेखि नपाएको नागरिकता अब पाइन्छ कि भन्ने विश्वासले होला। उनी भन्छिन्, 'हमार सरकार हमन्के यहाँ आइलबानिजा। हमन्के बहुत खुसी बानिजा। हमन्के लिए बहुत अच्छा काम कइलिजा। विद्युत भि ल्यान  देहनी जा। पुल भी बना देहनी जा। हमनके बहुत खुसी बानिजा। हमन्के लिए नागरिकता और लालपुर्जा मिल्जातते और खुसी होतिजा।'

अर्थात 'हाम्रो सरकार पनि यहाँ आउनुभएछ। हामीलाई धेरै खुसी लागेको छ। हाम्रो लागि राम्रो काम गर्दिनुभयो। विद्युत पनि ल्याइदिनुभएको छ। पुल पनि बनाइदिनुभएको छ। हामी धेरै खुसी छौँ। हाम्रो लागि नागरिकता र लालपुर्जा दिलाइदिनुभयो भने अझै धेरै खुसी हुन्थ्यौँ।'

सुस्ता क्षेत्रसमेतको संसदमा प्रतिनिधित्व गर्ने विनोद चौधरी नवलपरासी पुग्नेबित्तिकै उनलाई घेरा हाल्नेको भीड हुने गर्छ। कोहीले नागरिकता, कोहीले लालपुर्जा, कोहीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका समस्याहरु व्यक्त गर्दै थिए सांसद चौधरीसँग।

'सरकार हमन्के दुः ख बुझ्देहन जा नाही नाही कहिके मिलि अर्थात सांसदज्यू हाम्रो दुःख बुझ्दिनु है। हुन्न नभन्नु होला।' बिधौती हरिजनले सांसद चौधरीलाई गरेको आग्रह हो यो। 'ठीक हे चिन्ता मत करे। निचिन्त रहिए, मैँ आपके साथ हुँ अर्थात हुन्छ। चिन्ता नगर्नुस्। ढुक्क हुनुस् म तपाईँहरुकै साथमा छु' सांसद चौधरीले आश्वासन दिए।

सांसद चौधरी भन्छन्, 'उहाँहरुको मागलाई संसदसम्म पुर्‍याउनेछु, ठेक्का सम्झौता भएर पनि लामो समयसम्म बन्न नसकेको सुस्ताको पुल मेरै पहलमा आज सम्पन्न भएर प्रयोगमा आएको छ। अरु समस्या बिस्तारै समाधान हुँदै जानेछ।'

पुल बनेपछि अब त ज्यानै जोखिममा राखेर डुंगाको यात्रा गर्नुपर्ने दिन सकियो भनेर खुसी देखिनुहुन्छ, सुस्ताकै मीना चौधरी। 'हामी नेपालसँग जोडिन पाएका थिइनौ, कहिले खोलामा भेल आउथ्यो पारी नेपाल जानै पाइँदैनथ्यो, रातिको समयमा डुंगा चल्दैनथ्यो', उनी भन्छन्, 'पुल बनेको छ, अब त हामीलाई पहिलाको जस्तो सास्ती छैन।'

सुस्तालाई पनि अरु नेपालको भूमीलाई जस्तै माया गरेर सेवा सुविधाबाट बञ्चित नगराइदियोस् सरकारले भन्ने लाग्छ उनलाई। 'हामी पनि त नेपाली नै हौँ, हामीलाई पनि शिक्षा स्वास्थ्य जस्ता सुविधा पाउने हक त छ नि,' मीना भन्छिन्, 'लामो समय अन्धरकारमै गुजारा गरेका थियौँ, अहिले झलमल बत्तीमा बस्न पाएका छौँ, अब चाहीँ अरु सास्तीबाट मुक्ति हुन पाए हुन्थ्योझैँ लाग्छ।

रामवृक्ष चमारको पनि उही नै गुनासो छ। लालपुर्जा छैन। आफूले त कष्ट काटे पनि छोरी, नातिको पालामा सुख भइदिए पनि हुन्थ्यो झैँ लाग्छ। सुस्तामा जोडिएको पुलले केही आशा त जगाएको छ उनलाई।

उनी भन्छिन्, 'अहिले पुल बनेको छ, पारी ओहोरदाहोर गर्न पाइएको छ, अब अरु माग पनि पूरा होला कि भन्ने आशा छ।' अब लालपूर्जाहरु पनि समयमा नै पाउन पाए हुन्थ्यो झैँ लाग्छ उनलाई। नागरिकता नपाउँदा राज्यबाट पाउनुपर्ने कुनै पनि सुविधा पाउन नसक्दा अझै मन विचलित छ उनको। 'हामी पनि नेपाली हौँ हामीलाई पनि नागरिकता चाहिन्छ भनेका छौँ',चमार भन्छन्।

नवलपरासी जिल्लाको भूमि आयोगका अध्यक्ष, देवराज भण्डारीले सुस्ता पारीको हकमा मात्रै लालपुर्जामा समस्या रहेको बताए। सीमा विवाद नटुंगिएसम्म समस्या रहेको र अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका क्षेत्रमा छुट्टै ऐन लागु हुने भएकाले लालपुर्जाको समस्या समाधान गर्न चुनौती रहेको उनको भनाइ छ।

'नवलपरासी पश्चिमका २२ हजारसँग लालपूर्जा नै छैन, पश्चिम क्षेत्र नं. १ मा १४ हजार जानको हाराहारीमा लालपुर्जा छैन,' उनी भन्छन्, 'सांसद चौधरीको पहलमा जग्गा वितरण गर्ने कार्य सुरु भए पनि आयोग विघटन भएपछि काम रोकिएको छ।'

उनका अनुसार लालपुर्जाको समस्या विषेशगरी सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिकामा देखिएको छ। सम्पर्क तथा भू-आर्जन कार्यालय गण्डक योजना, वाल्मिकी नगर, नवलपरासीकी  सम्पर्क तथा भू-आर्जन आधिकृत कमला पराजुली (तिवारी) ले सुस्ताबासीले नागरिकता, शिक्षा, सुरक्षा, स्वास्थ्य, लालपूर्जा, रोजगारीलगायतका समस्या भोग्नुपरेको बताएका छन्।

'सुस्ता नेपाल-भारत सीमाको नजिक भएकाले, विवाह गरेर आउने र जाने चलन छ।  बसाइ सरेर आउनेको सङ्ख्या पनि छ,' उनी भन्छन्, 'सुस्तामा बस्ने सबै सर्वसाधारणले नागरिकता पाएका हुँदैनन्। अनि राज्यको सुविधाबाट बञ्चित हुनु परेको छ ।'

रामु ढकाल सखर स्थानीय व्यवसायी हुन्। सुस्ता उखुको राम्रो उत्पादन हुने ठाउँ हो। सुस्ताको उखु लैजान निकै कठिन हुने गरेको उनको भनाइ छ। 'यहाँको उखु डुंगाकै भरमा लानुपर्थ्यो, डुंगा नै पल्टिन्छ कि भन्ने छर उस्तै थियो,' उनी भन्छन्, 'उखु नै नबिकेर कतिले त धान खेती लगाउन थालेका छन्। पुल बनेपछि अब उखु नबिक्ने सास्ती हट्नेछ यहाँ। हामी व्यापारीलाई पनि सहज रुपमा पारी पुर्‍याउन सकिन्छ।'

सुस्ता बचाउका युवा अभियन्ता कमल बत्स्याल पनि सुस्तामा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका समस्याहरु यथावत् रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँछन्।

नागरिकता नै नहुँदा अनेक समस्या रहेको सरावल गाउँपालिका पूर्वअध्यक्ष राधेश्याम चौधरीको भनाइ छ। 'नागरिकता नहुँदा बैंकिङ समस्या भइरहेको छ। मानिस स्नाकोत्तर पढेका छन्। तर नागरिकता नहुँदा रोजगारीमा समस्या छ,' उनी भन्छन्, 'सामाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन्। यहाँका मानिसको मनमनमा  नेपाली पन छ। तर प्रमाण छैन।' रासस


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend