शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

एकदिनको वृद्धिपछि पुन: घट्यो सेयर बजार, ६ अर्ब २७ करोडको कारोबार

images
बुधबार, कात्तिक ७ २०८१
images
images
एकदिनको वृद्धिपछि पुन: घट्यो सेयर बजार, ६ अर्ब २७ करोडको कारोबार
images
images

काठमाडौं- एकदिनको वृद्धिपछि सेयर बजार पुन: ओरालो लागेको छ। लगातार ८२.०२ अंकको सुधारपछि १०५.४३ अंकले घटेको सेयर बजार मंगलबार २५.८८ अंकले बढेर बुधबार पुन: घटेको हो। 

images
images

बुधबार २०.४१ अंकले घटेर बजार २६४५.३९ बिन्दुमा झरेको छ। ७६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ। १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यो साता भने पहिलो कारोबारमा आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार पनि ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा झरेको थियो। त्यसअघि बजार लगातार चार कारोबारमा ८२.०२ अंकले बढेको थियो। यो साता तेस्रो कारोबारमा मंगलबार २५.८८ अंकले बढेर बजार २६६५.८१ बिन्दुमा पुगेको थियो। 

images
images

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।   

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

बजारप्रति लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend