आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बाढीपहिरोको क्षति यकिन गरी बीमा दाबी भुक्तानी लिन बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

images
बुधबार, कात्तिक ७ २०८१
images
बाढीपहिरोको क्षति यकिन गरी बीमा दाबी भुक्तानी लिन बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

बीमा दाबीहरुमध्ये कम्पनीबाट हालसम्म ६० प्रतिशत बीमा दाबी संख्याको बीमा दाबी भुक्तानी भइसकेको कम्पनीले जानकारी गराएको छ।

images
images

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो बाढीपहिरोले पुगेको क्षतिको यकिन गरी दाबी रकम भुक्तानी लिन बीमितहरुलाई आग्रह गरेको छ।

images
images
images

कम्पनीले एक सूचना जारी गरी २०८१ असोज ११ गतेदेखि तीन दिनसम्म दिनभर परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले क्षति पुगेका शिखर इन्स्योरेन्सका बीमितलाई दाबी भुक्तानी लिन अनुरोध गरेको हो।

images
images

बीमितहरुबाट प्राप्त भएका बीमा दाबीहरुमध्ये कम्पनीबाट हालसम्म ६० प्रतिशत बीमा दाबी संख्याको बीमा दाबी भुक्तानी भइसकेको कम्पनीले जानकारी गराएको छ।

images
images

क्षति यकिन गरी दाबी रकम निर्क्यौल गर्नका लागि केही दाबीहरूमा बीमितबाट आवश्यक कागजात उपलब्ध नभएका कारण दाबी भुक्तानी हुन नसकेकोले आवश्यक कागजात उपलब्ध गराइ दाबी रकम लिन कम्पनीको अनुरोध छ।

साथै, कम्पनीबाट नियुक्त भएका सर्भेयरहरूलाई समेत यथाशक्य चाँडो सर्भे प्रतिवेदन पेस गरी सहज तथा शीघ्र दाबी व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरिएको छ।

दाबी प्रक्रियासम्बन्धी जानकारीको लागि कम्पनी तथा कम्पनीको सम्बन्धित प्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरिएको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend