शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सिभिल बैंक मर्जमा जाने चर्चासँगै लगानीकर्ताले धमाधम उठाउन थाले सेयर, मर्जरमा सम्भावित बैंक कुन कुन?

images
सोमबार, माघ ३ २०७८
images
सिभिल बैंक मर्जमा जाने चर्चासँगै लगानीकर्ताले धमाधम उठाउन थाले सेयर, मर्जरमा सम्भावित बैंक कुन कुन?
images
images

काठमाडौं- सिभिल बैंकले ११ औँ साधारणसभाबाट मर्ज वा एक्विजिसनमा जाने प्रस्ताव पारित गरिसकेको छ। जसका लागि सभाले सञ्चालक समितिलाई जिम्मा दिएपछि सञ्चालक समिति पनि यतिबेला सम्भावित मर्जमा जान सकिने बैंकको खोजीमा जुटेको छ। सिभिल बैंकको चर्चा विगतमा नबिल बैंकसँग पनि भएको थियो।

images
images
images

उक्त समयमा स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जको बाँकी प्रक्रिया रोकिएको थियो। अहिले राष्ट्र बैंकको नीति नै बैंक तथा वित्तिय संस्थाको मर्जमा जानेलाई सहज बनाउने भएकोले अहिले सबैजसो बैंकहरू मर्जर वा एक्विजिसनमा जाने तयारीमा जुटेका छन्। त्यसमध्ये एक बैैंक हो सिभिल। पछिल्लो समय व्यापार र नाफाका हिसाबले समेत आक्रामक सिभिल बैंक मर्जमा जाने भएपछि लगानीकर्ताको चासोमा परेको छ। सोही कारण सिभिल बैंकको सेयर पनि उचालिएको छ।

images
images

साताको पहिलो दिन आइतबार सिभिल बैंकको सेयर ७.६९ प्रतिशतले बढेर प्रतिकित्ता २७४.६० रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतिकित्ता १९.६० रुपैयाँले बढेकाे बैंककाे ५ लाख २८ हजार २ सय ४ कित्ता समेत कारोबार भएको छ। पछिल्ले ५२ हप्तामा बैंकको सेयर मूल्य अधिकतम ३१६ रुपैयाँ रहेको थियो भने न्यूनतम २१० रुपैयाँमा कारोबार भएको थियो।

images
images
civil 1.png

सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ। ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्तावसमेत साधारणसभाले पास गरेको छ। 

सिभिल बैंकको सभ्भावित जोडि कुन? 

सिभिलसँग कुन बैंक मर्जर वा एक्विजिसनमा जान्छ भन्ने चासो लगानीकर्तामा रहेको छ। सिभिल बैंकलाई मर्जर भाँडिएको हिमालयन बैंकको समेत प्रस्ताव आएको छ।

सिभिलले निरन्तर अन्य बैंकसँग पनि छलफल गरिरहेको छ। सिभिलको हिमालयसंग मात्रै होइन एभरेष्ट बैंक देखि एनबी बैंकसँगसमेत छलफल भइरहेको छ। बैंकले चालु आर्थिक वर्ष भित्रनै उपयुक्त र सम्मानजन हैसियतमा मर्जमा जाने तयारी गरेको छ। 

शुक्रबार हिमालयनको साधारणसभामा नेपाल इनभेष्टमेन्ट बैंकसँग १० महिना अगाडि मर्जरमा जाने प्रस्ताव अस्वीकृत भएको छ। योसँगै हिमालयन बैंकले अन्य वित्तीय संस्था खोज्ने छ। जसमा सिभिलसमेत हुनसक्ने चर्चा चलेको छ।

नाफामा छलाङमा मार्दै 

सिभिल बैंकले तीन महिनाको नाफा २०१.८६ प्रतिशतले बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनाको विवरण अनुसार अधिकांश वित्तीय सूचकमा सुधार आएको छ। सिभिलले चालु आवको ३ महिनामा २९ करोड १८ लाख ४० हजार रुपैयाँ खुदा नाफा कमाएको छ। बैंकले गतवर्षको तीन महिनामा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उच्च वृद्धि हुँदा खुद नाफा तेब्बरले बढेको हो। बैंकको खुद ब्याज आम्दानी ४२.८१ प्रतिशतले बढेर ७१ करोड ७ लाख रुपैयाँ पुगेको छ। यस्तै, संचालन नाफा तीन गुणाले बढेर ४२ करोड रुपैयाँ पुगेको छ।

८ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ९१ करोड ९७ लाख रुपैयाँ संचित छ। असोज मसान्तसम्ममा बैंकले ९२ अर्ब ७३ निक्षेप संकलन गरी ८१ अर्ब ९२ रुपैयाँ कर्जा लगानी गरेको छ। 

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि तीन गुणाले बढेको छ। समीक्षा अवधिमा सिभिलको प्रतिसेयर आम्दानी ४.८३ रुपैयाँबाट बढेर १३.५१ रुपैयाँ पुगेको छ।

बैैककाे चुक्तापुँजी ९ अर्ब ७५ लाख रुपैयाँ रहेकाे छ। बैैककाे बजार पुँजीकरण २४ अर्ब ९२ लाख रुपैयाँ पुगेकाे छ। 


प्रकाशित : सोमबार, माघ ३ २०७८०१:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend