बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एचडीएलको खुद नाफा ८९.०४ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि छलाङ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ७ २०८१
एचडीएलको खुद नाफा ८९.०४ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि छलाङ

काठमाडौं- आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले ८९.०४ प्रतिशतले खुद नाफा बढाएको छ। कम्पनीको नाफा  १०.५१ करोडबाट बढेर १९.८८ करोड पुगेको छ।  

कम्पनीले आम्दानीमा समेत उल्लेख वृद्वि गरेको छ।  गत वर्ष ९७ कराेड १८ लाख आम्दानी गरेकोमा चालु वर्षको तीन महिनामा १ अर्ब ४८ कराेड रुपैयाँ आम्दानी भएको छ। कम्पनीले अपरेटिङ आम्दानी १ अर्ब  ७२ कराेड रुपैयाँ गरेको छ।

प्रतिवेदनअनुसार हिमालयन डिस्टिलरीको सेयर पुँजी २ अर्ब ६७ अर्ब रहेको छ भने अन्य इक्विटी ८८.९६ करोड रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २९.७७ रुपैयाँ रहेको छ भने पीइ रेसियाे ४५.८६ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १३३.२९ रुपैयाँ रहेको छ भने तरलता अनुपात ४.३२ रुपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend