बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नबिल बैंकले गर्‍यो सर्वाधिक २ अर्ब ५ करोड खुद नाफा

बुधबार, कात्तिक ७ २०८१
नबिल बैंकले गर्‍यो सर्वाधिक २ अर्ब ५ करोड खुद नाफा

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ। यस बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गतवर्षको यसै अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको खुद नाफा ४० प्रतिशतले बढेको छ। 

बैंकको ब्याज आम्दानी र खर्च घटेपनि इम्पियरमेन्ट चार्ज घटेकाले नाफामा वृद्धि देखिएको हो। गतवर्ष यस बैंकले ४ अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष ४ अर्ब १४ करोड खुद ब्याज आम्दानी गरेको छ। 

बैंकको खुद नाफा बढेसँगै खराब कर्जा पनि बढेको छ। यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.२४ प्रतिशत पुगेको छ।

गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.६९ प्रतिशत रहेको थियो। गत वर्षको नाफाबाट बैंकले लाभांश घोषणा गरी नसकेकाले बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड पुगेको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend