बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

पहिलो त्रैमासमा कुमारी बैंकको नाफामा देखियो छलाङ, ३०८ प्रतिशतको वृद्धिसहित १ अर्ब ७ करोड खुद नाफा

बुधबार, कात्तिक ७ २०८१
पहिलो त्रैमासमा कुमारी बैंकको नाफामा देखियो छलाङ, ३०८ प्रतिशतको वृद्धिसहित १ अर्ब ७ करोड खुद नाफा

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंकले खुद नाफामा छलाङ मारेको छ। यस बैंकले पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिमा बैंकले २६ करोड ३९ करोड रुपैयाँ खुद नाफा गरेको थियो। यस अवधिमा बैंकको खुद नाफा ३०८ प्रतिशतले बढेको हो। 

बैंकको ब्याज आम्दानी, ब्याज खर्च र खुद ब्याज आम्दानी घटेपनि इम्पियरमेन्ट चार्जमा उल्लेखीय रुपमा घटेकाले बैंकको खुद नाफा बढेको हो। 

गत वर्षको पहिलो त्रैमासमा २ अर्ब १८ करोड रुपैयाँ इम्पियरमेन्ट चार्ज कट्टी गरेको यस बैंकले यस वर्षको पहिलो त्रैमासमा ६३ करोड रुपैयाँमात्रै खर्च बुक गरेको छ। 

गतवर्ष पहिलो त्रैमासमा १० अर्ब ६० करोड ब्याज आम्दानी गरेको यस बैंकले ५ अर्ब ८३ करोड ब्याज गरी ३ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस आर्थिक वर्ष बैंकले ८ अर्ब ६० करोड रुपैयाँ ब्याज आम्दानी गरी ५ अर्ब ८३ करोड रुपैयाँ ब्याज खर्च गर्दै २ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकको खराब कर्जा भने गत आर्थिक वर्षको तुलनामा बढेको छ। गत आर्थिक वर्ष ४.८९ प्रतिशत खराब कर्जा रहेको यस बैंकले यस आर्थिक वर्ष ४.९६ प्रतिशत पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोडले ऋणात्मक रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १६ करोड रुपैयाँले ऋणात्मक रहेको थियो।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend