बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा १८.९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

बुधबार, कात्तिक ७ २०८१
पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा १८.९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि बैंकले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। गत वर्षको यसै अवधिमा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

यस अवधिमा बैंकको ब्याज आम्दानी र खर्च घट्दा खुद ब्याज खर्च घटेपनि इम्पियरमेन्ट चार्ज रिभर्सल गरेकाले बैंकको खुद नाफा बढेको हो। 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ९९ करोड खुद ब्याज आम्दानी गरेकोमा गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

नाफामा वृद्धि भएपनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा भने बढेको छ। 

अर्थतन्त्रमा संकुचित भएकाले रिकभरी प्रभावित हुँदा बैंकको खराब कर्जा बढेको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ३.६३ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा २.८४ प्रतिशत रहेको थियो।

गत वर्षको मुनाफाबाट बैंकले लाभांश वितरण नगरेकाले यस अवधिमा बैंकको वितरणयोग्य नाफामा १ अर्ब ६ करोड रहेको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend